देश डिजिटल युगमा, बीमा समिति अझै पनि पुरानै ढड्डामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 03:55:40 PM मा प्रकाशित

laxmi  sunrise bank

पुरानो संरचनामा बनेको दुई तले घर । दुई तलामाथि अर्को तला टिनले बारेको । कार्यालय प्रवेश गर्ने वित्तीकै अस्त व्यस्त रुपमा देखिने पुरानै शैलिका फाइलहरु । संस्थामा कार्यरत कर्मचारीका प्रत्येक क्याविनमा उस्तै रुपमा अलपत्र देखा पर्ने उही पुरानै शैलीका फाइलहरु । 

यो शैलीमा चलेको संस्था हो नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको कार्यालय । विज्ञान र प्रविधिको युगमा अन्य निजी, सरकारी तथा गैर सरकारी कार्यालयहरु डिजिटल बन्न पुगेका छन् । प्रविधिमैत्री कार्यालयको रुपमा चिनिन्छन् । तर, बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति भने पुरानै ढड्डामा अल्झिएर बसेको देखिन्छ । 

समिति र बीमा कम्पनी प्रत्यक्ष रुपमा जोडिनका लागि समितिसँग कृषिको बाहेक कुनै पनि किसिमको सफ्टवेयर छ्रैन् । जसले गर्दा बीमा कम्पनीहरुले पठाएको हरेक किसिमको विवरण समितिका कर्मचारीले  'म्यानुअल्ली' एक्सेल सिटमा भर्नु पर्ने बाध्यता रहेको छ । बीमा समिति र बीमा कम्पनी एकिकृत रुपमा जोडिने सफट्वेयर नहुँदा बीमा कम्पनीहरुले मेलमा तथ्याङ्क पठाउने गर्दछन् । जसका कारण एउटै कामका लागि लामो समय खर्चिनु पर्ने बाध्यता रहेको समितिमा कार्यरत कर्मचारी बताउँछन्।

यतिमात्र नभई बीमा समितिका रहेका बिभिन्न बिभागका कर्मचारीले प्रयोग गर्ने कम्प्युटरबीच ुइन्टिग्रेशन छैन जसले गर्दा एकै बिभागका कर्मचारीबीच समेत सूचना तथा डाटा लिने दिने कुरामा समन्यवको अभाव देखिएको छ। 

नेपालमा पुनर्बिमा सहित ४० वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका ती बीमा कम्पनीहरुको एक मात्र नियमकारी निकाय बीमा समिति स्थापनाको लामो समय भईसक्दा पनि पुरानै शैलिमा चलेको देखिन्छ । स्थापना भएको यति लामो समय भईसक्दा पनि समितिको आफ्नै भवन समेत छैन् । ‘समितिसँग अहिले कृषिको सफट्वेयर मात्रै छ, अहिले कम्पनीहरुले मेल मार्फत नै तथ्याङ्कहरु पठाउने गर्दछन् । ’ बीमा समितिका सुचना अधिकारी निर्मल अधिकारिले भने । 

पुरानै शैलीमा काम गर्ने प्रवृतिले आफुहरुलाई काम गर्न असहज भएको समितिका कर्मचारीहरुको गुनाँसो छ । प्रविधिको युगमा पनि समिति पुरानै काम गर्ने शैलीमा चलेको उनीहरुको भनाई छ । लामो समयदेखि समितिमा कर्मचारीको रुपमा काम गर्दै आएका एक कर्मचारीले बीमा कम्पनीबाट विभिन्न कामका लागि आएका फाइलहरु देखाउँदै भने, कम्पनीबाट यसरी फाइल आउँछन् । यी फाइलहरुलाई व्यवस्थित गर्न निकै लामो समय लाग्छ । ‘यदि कम्पनी र समितिलाई जोड्ने एकिकृत सफट्वेयर भएको भए काममा सहजता आउथ्यो होला’ ती कर्मचारीले भने । 

बल्ल एकिकृत सफट्वेयरको प्रक्रिया अघि बढाउँदै समिति 

बीमा कम्पनी र समितिलाई एकिकृत गर्नका लागि समतिले एकिकृत सफट्वेयरको प्रक्रिया अघि बढाएको जनाएको छ । सूचना अधिकारी निर्मल अधिकारीका अनुसार समिति र कम्पनीलाई एकिकृत गर्नका लागि सफट्वेयर खरिद गर्ने प्रक्रिया अघि बढिकसेको छ  । उक्त सफट्वेयरमार्फत बीमा समिति र बीमा कम्पनीका बीचमा उत्पन्न भएका तथ्याङ्क सम्बन्धी विभिन्न खालका समस्याहरुको समाधान हुने विश्वास समितिले लिएको छ । 

‘अहिले समितिसँग कृषिको सफट्वेयर मात्रै छ । समितिलले अहिले बनाउँन खाजेको एकिकृत सफट्वेर हो । सबै बीमा कम्पनीबाट पठाउने डाटा एउटै माध्यमबाट आउने अथवा एउटै सफट्वेयरबाट आउने बनाउन खोजेका हौँ ।’ अधिकारीले भने । 

उनका अनुसार हाल समितिसँग एकिकृत सफ्टवेयर छैन् । तर छुट्टा छुट्टै सफट्वेयर भने छ । उक्त सफ्टवेयर बने पछि समितिले बीमा कम्पनीहरुलाई निश्चित फरम्याट बनाईदिने र कम्पनीहरुलाई छुट्टा छुट्टै आइडी उपलब्ध गराउने छ । त्यहि आइडिमार्फत कम्पनीहरुले डाटा पठाउने गर्दछन् । 

स्रोत साधन भएता पनि समितिले काम गर्ने शैलीलाई प्रविधिमैत्री बनाउन सकेको छैन । संचालनमा रहेका करिब ३९ बीमा कम्पनीले जारी गर्ने प्रत्येक बीमा पोलिसीको १ प्रतिशत रकम बीमा समितिको कोषमा जम्मा हुन्छ। यो नै बीमा समितिको मुख्य आम्दानीको स्रोत हो तर समितिले आफुसँग भएको स्रोत साधनको उपयोग नगरेको देखिन्छ। यसरी जम्मा भएको पैसा समितिले बीमा समितिको पूर्वाधार, प्रविधि तथा त्यहाँका कर्मचारीको क्षमता अभिवृद्धिमा खर्च गर्नुको साटो व्यक्ति विशेषलाई खुसी पार्न मन्त्रालयलाई दिएको स्रोतको दाबि छ। स्रोतका अनुसार अब बन्ने बीमा प्राधिकरणको प्रमुख बन्ने चाह बोकेका समितिका अध्यक्ष चिरिन्जीवी चापागाँईले अर्थमन्त्रालयलाई ६० करोड लैजान स्वीकृति दिएका हुन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved