आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 10:36:48 AM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको बोनस शेयर र साधारण सभाको बुकक्लोजसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले कम्पनीले प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता १ हजार १७५ रुपैयाँ निर्धारण गरेको छ । बिहीबार इन्स्योरेन्सको समायोजित शेयरमूल्यलाई आधार मानेर कारोबार खुल्नेछ । नेप्सेले मंगलबार कारोबार भएको अन्तिम कारोबार मूल्य १ हजार २५७ रुपैयाँका आधारमा बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । वैशाख १२ गते आह्वान गरेको सभाले उक्त लाभांश अनुमोदन गराउनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved