सरकार निकट उद्योगी व्यवसायीको कम्पनीलाई पुनर्बीमाको लाईसेन्स, 'पहिल्यै थियो यस्तो सेटिङ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2021 | 02:22:08 PM मा प्रकाशित

laxmi sunrise bank

हिमालयन रि इन्स्योरेन्सले पुनर्बीमा व्यबसायको लाईसेन्स पाएको छ । बीमा समितिको आइतबार  बसेको संचालक समितिको बैठकले हिमालयनलाई पुनर्बीमा कम्पनीको लाइसेन्स दिने गरेको स्रोतले जनाएको छ । 

यद्यपि यस निर्णयको माईन्युट हुन भने बाँकि रहेको छ। बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले लाईसेन्स समबन्धि निर्णय भएको पुष्टि गरेका छन् ।  मुल्यांकन सकेर बोर्डमा ब्यापक छलफलपछि लाईसेन्स दिने निर्णय गरेको उनले बिजपाटीलाई बताए ।  तर माईन्युट हुन बाँकि रहेकोले कुन कम्पनीले पाएको भन्न नमिल्ने उनको भनाई छ ।  यद्यपि हिमालयनले नै लाईसेन्स पाएको स्रोतले जनाएको छ ।  

अनुसार हिमालयन रि मा ओली निकट उद्योगी तथा व्यवसायीहरुको लगानी रहेको छ। हिमालयन रि मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,  महासंघकाका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतका व्यक्तिहरुको लगानी रहेको बताईएको छ। 

बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीको लागि प्रस्ताव माग गर्दै  अन्नपूर्ण रिइन्स्योरेन्स, काठमाडौं रिइन्स्योरेन्स, जेन्युन रिइन्स्योरेन्स,  प्रुडेन्सियल रिइन्स्योरेन्स, र हिमालयन रिइन्स्योरेन्सले प्रस्ताव पेश गरेका थिए । त्यस मध्ये हिमालयनले बाजी मारेको हो । 

बिजपाटी डटकमले यस अघि नै 'नयाँ पुनर्बीमा कम्पनीमा सेटिङको खुलासा, कसले लाइसेन्स पाउने पहिल्यै नै निश्चित !' शिर्षकमा समाचार प्रकाशन गरि हिमालयनले लाईसेन्स पाउने निश्चित जस्तै रहेको खुलासा गरेको थियो । हिमालयनले नै लाईसेन्स पाएसंगै सेटिङ भएको तथ्य प्रमाणित भएको छ । 

अन्य प्रस्तावित पुनर्बीमा कम्पनीमा बीमा क्षेत्रमा लामो समयदेखि काम गरेका व्यक्तिहरुको लगानी भएपनि सरकारकै दबाबमा हिमालयन रि इन्स्योरेन्सलाई नै लाइसेन्स दिइएको स्रोतको दाबी छ।  

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved