गुराँस लाइफद्वारा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2022 | 05:03:44 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सले राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा, MDRT, COT तथा TOT लाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा ४०० उत्कृष्ट अभिकर्ताहरु सहभागी थिए । 

उक्त कार्यक्रमको सञ्चालन कम्पनीका प्रशासन विभाग प्रमुख बोध लाल पुरीले गरेका थिए भने स्वागत मन्तब्य कम्पनीका पोखरा क्षेत्रिय प्रमुख बाबुराम पौडेलले राखेका थिए ।

कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलले अभिकर्ताहरुको आर्थिक स्तर कसरी उकास्न सकिन्छ र कम्पनीको व्यवसायलाई कसरी सवल बनाई बीमा क्षेत्रमा योगदान गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले अभिकर्ताहरु बीमा क्षेत्रको मेरुदण्ड भएकाले देशको अर्थतन्त्र माथि उकास्न अभिकर्ताहरुले आफ्नो पेशालाई अझ परिस्कृत, वस्तु निष्ठ तथा व्यवसायिक बनाउन सुझाव दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved