ट्यारिफ सम्बन्धि निर्देशिका हाल लागु नगर्न बीमा समिति सहमत, व्यवसायीको आन्दोलन स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 01:16:34 PM मा प्रकाशित

laxmi  sunrise bank

 स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र नेपाल निर्माण ब्यवसायी महासंघ (एफक्यान) को आन्दोलन तत्कालको स्थगित भएको छ। दुई संस्थाले  बीमा समितिले असोज ६ गतेदेखि लागु हुने गरि जारी गरेको 'मिनिमम प्रिमियम रेट फर नन ट्यारिफ इन्स्योरेन्स बिसेनेस निर्देशिका' मा संशोधन  माग गर्दै आन्दोलन थालेका थिए ।

बीमा समितिले आज आयोजना गरेको छलफलमा उक्त निर्देशिका अध्ययन गरि प्रतिवेदन पेश गर्न उपसमिति गठन गर्ने र तत्काललाई निर्देशिका लागु नगर्ने सहमति जुटेपछि व्यवसायीको आन्दोलन तत्काललाई स्थगित भएको हो । बीमा समितिले इप्पान , एफक्यान लगायतका सरोकारवालासँग छलफल गरेको हो।

छलफलमा निर्देशिकाबारे अध्ययन गरि ७ दिन भित्र प्रतिवेदन पेश गर्ने सहमति भएको छ । त्यस्तै हाललाई निर्देशिका लागु नगर्ने र व्ययवसायीले आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको छ । 

निर्देशिका अध्ययन गर्नको लागि बीमा समितिका कार्यकारी निर्देशिक राजुरमण पौडेलको संयोजकत्वमा उपसमिति गठन भएको छ । उपसमितिमा इप्पान र एफक्यानका २-२ जना प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघबाट १ जना, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघबाट १ जना, सार्वजनिक खरिद कार्यालयबाट १ जना, सर्भेयर एसोसिएसनबाट १ जना, नेपाल बिमक संघबाट २ जना प्रतिनिधि र पुनर्बिमकको तर्फबाट १ जना प्रतिनिधि  रहने छन् ।  त्यस्तै बीमा समितिको प्रतिनिधि उपसमितिको सदस्य सचिवको रुपमा रहने छन् ।  यी बाहेक उपसमितिमा शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका १-१ जना प्रतिनिधि रहने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved