सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2022 | 09:00:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले साउन ६ गते होटेल हिमालयन कुपन्डोलमा सभा आह्वान गरेको हो ।

सभामा पुँजी वृद्धि प्रस्ताव पेश हुने छ। सभामा नियामक निकायले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै कम्पनीको पूँजी वृद्धि एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समावेश गर्नको लागि सञ्चालक नियामकीय निर्देशन तथा समयानुकूल पूँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा कम्पनी एकआपसमा गाभ्ने/गाभिनेसँग सम्बन्धित प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रक्रियाहरु पूरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरुले निर्देशन गरे बमोजिम विवरणहरु उपलब्ध गराउने लगायतका कम्पनी गाभ्ने/गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पेश हुने छ।

सभामा सञ्चालक समिति सदस्यहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पेश हुने छ । कम्पनीले हालसम्म आईपिओ निष्काशन गरेको छैन । 

 बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved