आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2022 | 03:24:26 PM मा प्रकाशित

laxmi sunrise bank

आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंक का सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट बिवाईडि ब्रान्डका सवारी साधनहरुको बीमा गरेका ग्राहकहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्साल स्थित साइमेक्स इंकको सहकार्यमा सहज सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

साइमेक्स इंकबाट बिक्री वितरण हुने बिवाईडि ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्ने र बीमा पश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाट नगद रहित दावी भुक्तानी गर्ने गरी दुवै कम्पनी बिच सम्झौता भएको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नु पर्ने भएमा साइमेक्स इंकको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा सो मर्मत संभार वापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंक लाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको हो। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved