लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पतालबीच छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार लुम्बिनी जनरल इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।