कोरोना बीमाको दाबी भुक्तानीको लागि १ अर्ब निकासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2022 | 04:17:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना बीमाको दाबी भुक्तानीको लागि १ अर्ब निकासा गरेको छ । गत साता बसेको मन्त्रिपरिषदको बैठकले सरकारमा नाम रहेको दायित्व मध्ये हाललाई १ अर्ब तिर्ने गरि सो रकम निकासा गरेको हो ।

सरकारले आफ्नो दायित्व स्वीकार गर्दै पहिलो चरणमा १ अर्बको निकासा गर्ने निर्णय गरेको हो।  सरकारले कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूलाई उपलब्ध गराउने भनेको बिमाको सुविधा २ वर्षभन्दा लामो समय देखि सर्वसाधारणहरूले पाउन सकेका छैनन्। झन्डै ११ अर्ब रूपैयाँ बिमा भुक्तानी दाबी गरिएको भए पनि उक्त रकम कहाँबाट जोहो गर्ने भन्ने विषय बारे देखिएको अन्योलका कारण अहिलेसम्म उक्त रकम निकासा हुन सकेको थिएँन। तर चुनाव नजिकिएपछि सरकारले स्रोतको खोजि गरि हाललाई १ अर्ब निकासा गर्ने निणर्य गरेको हो । 

हालसम्म झन्डै पाँच अर्ब रूपैयाँ भुक्तानी गरिएको र सरकारले ११ अर्ब ८२ करोड भन्दा बढी रकम दिन बाँकी रहेको छ। कोरोना बीमा मापदण्ड २०७७ मा साढे तीन अर्ब रुपियाँभन्दा माथिको रकम सरकारले ब्यहोर्ने प्रष्ट व्यवस्था छ। २०७७ कै साउन १६ गते अर्थ मन्त्रालयले साँढे तीन अर्ब रुपियाँभन्दा माथि ब्यहोर्ने सचिवस्तरीय निर्णय गरेको थियो। 

बीमा समितिका अनुसार एक लाख ६१ हजार ५ सय ४९ जनाले कोरोना बिमा दाबी गरेका छन् । यो दाबी अनुसार बीमा कम्पनीले भुक्तान गर्नुपर्ने रकम १५ अर्ब ३२ करोड रुपैयाँ हुन आउँछ। अहिलेसम्म ५५ हजारको हाराहारीले कोरोना बीमा बापतको रकम पाएको समितिको भनाइ छ। 

बीमा कम्पनीहरुले एक अर्ब २८ करोड र कोरोना बीमाको लागि स्थापना गरेको कोष अर्थात् पुलबाट ३ अर्ब ५० करोड भुक्तानी भएको छ। तर कोरोना बीमा बापत सङ्कलन भएको रकम भने एक अर्ब रुपैयाँ मात्रै हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved