लघुबीमाको लाईसेन्सको लागि ३१ वटा कम्पनीले दिए आवेदन (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2022 | 12:49:15 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुबीमा कम्पनीको लाईसेन्सको लागि ३१ वटा कम्पनीले आवेदन दिएका छन् । बीमा समितिले आवेदन माग गरेको अन्तिम दिनसम्ममा ३१  वटा कम्पनीले आवेदन दिएका हुन् । 

 बीमा समितिले ३५ दिन भित्र आवेदन दिन भन्दै भदौ १० गते सूचना सार्वजनिक गरेको थियो।  बीमा समितिले ३ वटा जीवन र ४ वटा निर्जीवन गरि बढीमा ७ वटा लघुबीमा स्थापना गर्न भन्दै लघुबीमा लाईसेन्सको लागि भदौ १० गते आबेदन खुला गरेको हो ।  ७ वटालाई लाईसेन्स दिने भनिएकोमा ३१ वटा कम्पनीले आवेदन दिएका हुन् ।  

चुक्ता पुँजी प्रस्ताव गर्दा ७५ करोड भन्द कम नहुने गरि प्रस्ताव गर्नु पर्ने ब्यबस्था थियो । संस्थापकले कम्तिमा ५१ प्रतिशत शेयर धारण गर्नु पर्ने  र ३० प्रतिशत शेयर आईपिओ मार्फत सर्वसाधारणलाई निष्काशन गर्नु पर्ने ब्यबस्था छ । ५ प्रतिशत शेयर कर्मचारीलाई दिन सकिने ब्यबस्था छ । 

हेर्नुस् आवेदन दिएका ३१ कम्पनी : 


१.        निओ लाइट माइक्रो जनरल इन्स्योरेन्स कम्पनी

२.        स्वदेशी लघु जीवन बीमा कम्पनी

३.        जानकी जीवन लघुबीमा कम्पनी

४.        नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी

५.        गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी

६.        कर्णाली माइक्रो इन्स्योरेन्स कम्पनी

७.        एभरेष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड

८.        एक्सप्रेस माइक्रो इन्स्योरेन्स लिमिटेड

९.        ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड

१०.     माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स कम्पनी

११.     अल्फा माइक्रो इन्स्योरेन्स कम्पनी

१२.     उन्नति माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी

१३.     उन्नति माइक्रो जनरल इन्स्योरेन्स कम्पनी

१४.     लुम्बिनी लघु जीवन बीमा कम्पनी

१५.     मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स कम्पनी

१६.     मुक्तिनाथ माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी

१७.     गरिमा माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी

१८.     गरिमा माइक्रो जनरल इन्स्योरेन्स कम्पनी

१९.     सिजी लाइफ इन्स्योर माइक्रो इन्स्योरेन्स लिमिटेड

२०.     सिजी इन्स्योर माइक्रो इन्स्योरेन्स लिमिटेड

२१.     गण्डकी माइक्रो इन्स्योरेन्स कम्पनी

२२.     स्टार माइक्रो इन्स्योरेन्स कम्पनी

२३.     प्रोटेक्टिभ माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड

२४.     क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी

२५.     लिबर्टी माइक्रो लाइफ कम्पनी

२६.     श्री शक्ति लघु जीवन बीमा कम्पनी

२७.     केयर माइक्रो जनरल इन्स्योरेन्स लिमिटेड

२८.     अभियान लघुबीमा कम्पनी लिमिटेड

२९.     हिम शिखर जीवन लघु बीमा कम्पनी

३०.     सुरक्षा लघु जीवन बीमा कम्पनी

३१.     स्वर्गधरी लघु जीवन बीमा कम्पनी  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved