आजबाट कोरोना बीमाको भुक्तानी सुरु, कतिले पाउँछन्?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2022 | 11:27:29 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना बीमाको दाबि भुक्तानी आजदेखि सुरु भएको छ। नेपाल सरकार, नेपाल बीमा प्राधिकरण र निर्जीवन बीमा कम्पनीहरूले अतिरिक्त दायित्व बहन गर्दै दाबी भुक्तानी गर्न लागेका हुन्। 

कम्पनीहरुले पहिलो दाबीमा व्यक्ति र परिवारको नाममा रहेको पोलिसीलाई प्राथमिकता राखेर भुक्तानी गर्न लागेका हुन्। संघका अनुसार व्यक्ति र परिवारको २५ हजार चारवटा पोलिसीको दाबी भुक्तानी गर्न बाँकी छ । तर, अहिले सरकारले मात्रै १ अर्ब निकासा गरेको र पुर्नबिमकले दायित्व बहन गर्ने विषयमा अन्योल भएको कारण कम मात्रै भुक्तानी गर्न लागिएको हो। 

अहिले एक अर्ब एक करोड रुपैयाँ मात्रै रुपैयाँ बराबरको रकमबाट १८ हजार ६० वटा बिमा पोलिसीको मात्रै दाबी गर्न गर्न लागिएको संघले जनाएको छ। संघले उपलब्ध गराएको तथ्यांक अनुसार अजोड इन्स्योरेन्सले एक हजार तीन सय ५५ वटा पोलिसीको दाबी रकम भुक्तानी गर्नेछ । एभरेष्ट इन्स्योरेन्सले चार सय ७४ पोलिसि बराबरको दाबी भुक्तानी गर्ने छन्। 

जनरल इन्स्योरेन्सले ८ सय नौ, हिमालयन जनरल १ हजार २ सय ५९, आइजिआईले ७ सय  सात, लुम्बिनीले पाँच सय २४, नेसनल एक सय ४०, नेको एक हजार छ सय ६५ र नेपाल इन्स्योरेन्ले आठ सय ८७ वटा पोलिसीको दाबी भुक्तानी गर्नेछन् । त्यस्तै, एनएलजीले दुई सय ४९, ओरियन्टलले एक सय ४१, प्रभु दुई सय ४९, प्रिमियर नौ सय ५२, प्रुरुडेन्सियलले एक सय २५, राष्ट्रिय बिमा कम्पनी एक हजार आठ सय ६३, सगरमाथा एक हजार पाँच सय ४२, सानिमा दुई सय २०, शिखर तीन हजार ६ सय १४ पोलिसिको दाबी भुक्तानी गर्दै छ। 

त्यस्तै सिद्धार्थले ७ सय ७३ र युनाइटेड इन्स्योरेन्स कम्पनीले ५ सय चारवटा पोलिसीको रकम भुक्तानी गर्नेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved