रिलायन्स लाइफ इन्स्योरेन्स र बिएनसी अस्पताल बीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 04:19:23 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोड स्थित बिएनसी अस्पताल बीच मेडिकल अन्डर राइटिंगको लागि सम्झौता भएको छ। सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर क्षितिज घिमिरेका साथै स्थानिय ब्रान्च मेनेजरहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम पश्चात् यस इन्स्योरेन्सले इटहरी स्थित सनसाइन मेडिकल एण्ड डाइगानोशिस सेन्टर र बिराटनगर स्थित ओम साई मेडिकल ल्याबसँग पनि मेडिकल अन्डर राइटिङको लागि सम्झौता गरेको छ।

कम्पनीका ग्राहकवर्गलाई छिटो , छरितो र विश्वासिलो मेडिकल चेक–अप सुविधा प्राप्त होस् भनि सो सम्झौता गरिएको कम्पनीले जनाएको छ। यो भन्दा पहिले पनि धेरै स्थानमा रहेका अस्पताल तथा मेटिलकल कलेजरुसँग संझौता गरि मेटिकल चेकअपलाई सहज बनाउँदै आएको इन्स्योरेन्सको दाबी छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved