जीवन बीमा कम्पनीले एक महिनामै उठाए २० अर्ब प्रथम बीमा शुल्क, कुनको कति?

नेपाल लाईफ सहित ५ कम्पनीको बीमा शुल्कमा गिरावट
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2022 | 12:13:28 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवन बीमा कम्पनीहरुले पछिल्लो एक महिनामा नै करिब सवा २० अर्ब प्रथम बीमा शुल्क(प्रविशु) संकलन गरेका छन्। हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले कार्तिकमा २० अर्ब २१ करोड १७ लाख १५ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका हुन्। समिक्षा अवधिमा १० लाख ६७ हजार ८५८ वटा बीमालेख बिक्रि गरेर कम्पनीहरुले सोही रकम बराबरको प्रथम बीमा शुल्क संकलन गरेका हुन्। 

यो अवधिमा सबैभन्दा बढी प्रथम बीमा शुल्क नेपाल लाईफले संकलन गरेको छ भने सबैभन्दा कम गुरासँ लाईफले संकलन गरेको गरेको देखिन्छ। यसले मात्रै साढे १ करोड हाराहारी प्रविशु संकलन गरेको छ।

कार्तिकमा अघिल्लो महिनाको तुलनामा १४ कम्पनीहरुको प्रविशु बढेको छ भने ५ वटा कम्पनीको प्रविशुमा गिरावट आएको छ। 

यी हुन् अघिल्लो महिनाको तुलनामा प्रविशु बढाउने कम्पनी

अघिल्लो महिनाको तुलनामा रकमको आधारमा सबैभन्दा बढी प्रविशु संकलन गर्ने कम्पनी प्राइम लाइफ रहेको छ। यसले असोज महिनाको भन्दा ४ करोड ७८ लाख रुपैयाँ प्रविशु बढी संकलन गर्न सफल भएको छ। त्यस्तै दोस्रोमा मेट लाईफले अघिल्लो महिनाको तुलनामा ४ करोड ११ लाख रुपैयाँ बढी प्रविशु बढी संकलन गर्न सफल भएको छ। यसको पछिपछि लाईफ इन्स्योरेन्स कर्पाेरेशन, एशियन लाईफलगायतका कम्पनीहरु रहेका छन्।



नेपाल लाईफ सहित यी ५ कम्पनीको प्रविशुमा गिरावट

असोजको तुलनामा नेपाल लाईफ सहित ५ कम्पनीको प्रथम बीमा शुल्कमा गिरावट आएको छ। सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान, आईएमई लाईफ, युनियन लाईफ र सन नेपाल लाईफको प्रथम बीमा शुल्कमा गिरावट आएको हो। 



  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved