रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मेडिकल अन्डराइटिङको लागि सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2022 | 04:55:09 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्सले सुदुरपश्चिममा मेडिकल अन्डराइटिङको लागि विभिन्न अस्पताल तथा प्याथोलोजी ल्याबसँग सम्झौता गरेको छ ।

कम्पनीले धनगढी स्थित के.जी. हस्पिटल, अत्तरिया स्थित अत्तरिया अस्पताल , महेन्द्रनगरस्थित लाईफ केयर प्याथोलोजिका साथै लाल रत्न अस्पताल, लम्कीसँग पनि मेडिकल अन्डर राइटिंगको लागि सम्झौता गरिएको हो। कम्पनीका ग्राहकवर्गलाई छिटो, छरितो र विश्वासिलो मेडिकल चेक–अप सुविधा प्राप्त होस् भनि सो सम्झौता गरिएको कम्पनीले बताएको छ।

उक्त सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, रिजनल मेनेजर ललित बहादुर साउदका साथै कम्पनीका स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved