अब जीवन बीमा कम्पनीहरु भटाभट मर्जमा जान्छन् : अध्यक्ष सिलवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2022 | 09:25:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरु अब भटाभट मर्जरमा जाने बताएका छन्। सूर्यज्याेति लाईफ इन्स्योरेन्सको एकीकृत कारोबार सञ्चालनपछि औपचारिक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन्। 

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको सफल मर्जर प्रकृया देखेपछि अन्य कम्पनी पनि छिटोछिटो मर्जरमा जाने उनले बताएका हुन्। "मर्जरकाे तयारीमा अन्य कम्पनीहरु पनि छन्। जीवन बीमाकाे पहिलाे मर्जर देखेर उनीहरु पनि प्राेत्साहित हुनेछन्।" उनले भने, "अब भटाभट मर्जरमा जान्छन्।" 

कम्पनीहरुले मर्जर जती ढिला गर्याे त्यत्ति नाेक्सान मात्रै हुने बुझेर छिटोछिटो मर्जरमा जान उनले आग्रह गरे। एक महिना पछाडि मर्जर याेजना रहेको भए पनि एक महिना छिटाे गर्न उनले आग्रह गरे। 

 कार्यक्रममा सूर्यज्याेति लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश बहादुर खत्रीले विभिन्न असहजताका बाबजुद पनि मर्जर सफल भएकोमा खुसि व्यक्त गरे। मर्जर पश्चात् चुक्ता पुँजीको आधारमा नेपालको जीवन बिमा क्षेत्रमा तेस्रो ठुलाे कम्पनीको रुपमा सूर्यज्योति आएको उनले बताए । 

उनका अनुसार मर्जरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड पुगेको छ । त्यस्तै कुल लगानी २५ अर्व र जीवन बीमाकाेष २२ अर्ब पुगेकाे उनले बताए। सिईओ खत्रीका अनुसार अहिले १८० वटा शाखाहरुमा ६५५ जना कर्मचारी रहेछन्। कर्मचारी स्वेच्छिक अवकाशकाे याेजना लिएर समेत कर्मचारी व्यवस्थापन गरेको उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved