नविकरणले नै धानिएका छन् जीवन बीमा कम्पनी, कुनले कति गर्यो व्यवसाय ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2023 | 01:04:36 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ५९ अर्ब रुपैयाँ भन्दा बढीको व्यवसाय गरेका छन्। सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरु (सूर्य र ज्योतिले एकिकृत कारोबार सुरु गरेसँगै हाल १८) ले मंसिर मसान्तसम्म कुल ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन्। 

बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुको अधिकतम हिस्सा नविकरणमा निहित छ। नयाँ व्यवसायलाई रफ्तारमा लैजान नसकेको देखिन्छ। मंसिरसम्म गरेको व्यवसायमा नविकरणको हिस्सा ८० प्रतिशत बढी छ। नयाँ व्यवसायको हिस्सा १९ प्रतिशतको हाराहारीमा छ।

अर्थात, जीवन बीमा कम्पनीहरुले मंसिरसमान्तसम्म आईपुग्दा नविकरणमार्फत ४८ अर्ब २४ करोड ५३ लाख बीमा शुल्क संकलन गरेका छन्। नयाँ व्यवसायमार्फत ११ अर्ब २७ करोड ९ करोड बराबर मात्रै बीमा शुल्क संकलन गरेका छन्। जबकी अघिल्लो वर्षको मंसिरमसान्तसम्म कोभिडकै त्रासको बीचमा पनि १५ अर्ब ३४ करोड भन्दा बढी प्रथम बीमा शुल्क संकलन गरेका थिए। 

मंसिरमसान्तसम्म मंसिर महिनामा मात्रै जारी गरेका १० लाख १ हजार १९९सहित १ करोड ३९ लाख ८६ हजार ५०५ बीमालेख सक्रिय रहेका छन्।

के मा को अगाडी ?

बीमा शुल्क संकलन

मंसिर महिनामा कुल बीमा शुल्क संकलन रकमको आधारमा सार्वधिक व्यवसाय गर्नेमा सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान रहेको छ। संस्थानले मंसिरमा मात्रै ४ अर्ब ८ करोड संकलन गरेको छ। यसले १४ करोड ४१ लाख बराबरको नयाँ ब्यावसाय र ३ अर्ब ९३ करोड ५८ लाख नविकरण मार्फत संकलन गरेको हो। 

बीमालेख

मंसिरमा सबैभन्दा बढी बीमालेख मेट लाईफले जारी गरेको छ। यसले ४ लाख १९ हजार २३९ वटा बीमालेख जारी गरी अग्रणी बनेको हो। 

प्रथम बीमा शुल्क

मंसिर महिनामा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ। कम्पनीले एक महिनामा ३७ करोड १८ लाख रुपैयाा प्रथम बीमा शुल्क संकलन गरेको हो। 

कुल सक्रिय बीमालेख

मंसिर मसान्तसम्म आउँदा रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका सक्रिय बीमालेख सार्वधिक रहेका छन्। कम्पनीका गत महिनाको समान्तसम्म ३८ लाख ३४ हजार ८४४ बीमालेख सक्रिय रहेका छन्। 

बीमा शुल्क आम्दानी कसको कति? 





Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved