रुपन्देहीको सैनामैनामा ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2023 | 03:50:28 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीको सैनामैनामा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । महिलालाई रोजगारी र समृद्धिको मुल नारा दिई संचालन भएको कार्यक्रमको उद्घाटन महालक्ष्मी लाईफका बजार प्रबन्धक यमलाल न्यौपानेले गरेका थिए ।

बिस्नु बोहराको अध्यक्षतामा सम्पन्न  तालिम कार्यक्रममा  सैनामैना नगरपालिका ९ र ११ का जनप्रतिनिधि , महिला तथा अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका  बजार प्रबन्धक यमलाल न्यौपानेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मुलुकको आर्थिक रुपान्तरणको लागि यो कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सैनामैना नगरपालिकाका वडा नं. ११ का वडा  सदस्य ज्ञान बहादुर बिष्टले महिला सशक्तिकरणको लागि सरकार र गाउँपालिकाले पनि बजेट छुट्याएकोले महिलाहरुको रोजगारी र आय बृद्धिको लागि संचालित यस्ता कार्यक्रममा महालक्ष्मी लाईफ सँग सहकार्य गरेर जान तयार रहेको जानकारी दिए।

महालक्ष्मी लाईफको जितपुर ,कपिलवस्तु शाखाका प्रमुख सागर घिमिरेले संचालन गरेको कार्यक्रममा सैनामैना नगरपालिका ९ कि वडा सदस्य बिस्नु कुमारी बिश्वकर्मा, पत्रकारहरु, स्थानीय जनप्रतिनिधिहरु समेत ३५ जनाको उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved