सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2023 | 06:21:38 PM मा प्रकाशित

laxmi sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ। पुष २१ गते बेनी बजार जिल्ला समन्वय कार्यालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको छ ।

म्याग्दी जिल्लाको बेनी बजारमा करीब ३०० जनाको सहभागितामा बीमा सचेतना सम्बन्धी बृहत ¥याली प्रदर्शन गर्दै कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बासडर महजोडीले जीवन बीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकोमा जोड दिए।

‘‘मानिसको जीवनको आफैमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महंगो छ, कम्तिमा आफुले सक्ने क्षमताको वीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, विरामी हुनै नपरे भविश्यमा बचतको रुपमा फिर्ता पाईन्छ’’ उनले भने।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ वीमाको अवधारणाको विकास भएको बताउँदै वीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिए। उनले नयाँ कम्पनीको रुपमा स्थापित भएको सिटिजन लाइफले विमितहरुमा नविन, नयाँ र आकर्षक सुविधा सहित आएको बताए।

कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत, जिल्ला समन्वय समितिका उप–प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदी लगायतले मन्तव्य राखेका थिए।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved