एकिकृत कारोबारपछि यस्तो बन्यो आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको संचालक समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2023 | 04:51:25 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न गरेर आज वैशाख २७ गतेबाट एकिकृत कारोबार सुरु गरेका छन् ।  आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।

एकिकृत कारोबारसंगै हेमराज ढकाल कम्पनीको अध्यक्ष बनेका छन् । त्यस्तै अन्य संचालकमा विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल,अमित अग्रवाल, अर्पित अग्रवाल, राजेन्द्र सिंह अग्रवाल र कृष्ण प्रसाद शर्मा रहेका छन् । कृष्ण प्रसाद शर्मा स्वतन्त्र संचालक हुन् । 

दुवै कम्पनीको चैत्र २२ मा सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । यससँगै नेपालका दुई ठूला व्यवसायिक घराना बिशाल ग्रुप र आइएमई ग्रुपको लगानीको निर्जीवन वीमा कम्पनी देशकै धेरै चुक्तापूंजी भएको कम्पनी बनेको छ। मर्जर पश्चात बनेको 'आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड' को चुक्तापुंजी ३ अर्ब २५ करोड पुगेको छ। 

 दुवै कम्पनी एक बराबर एकको स्वाप अनुपातमा मर्ज भएका हुन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved