नेपाल कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाईफ बीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 05:04:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. र सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. बीच बीमा  सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न् भएको छ । सम्झौता अन्तर्गत देशभर रहेको संघको सदस्यता प्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाहरुका विपन्न तथा साना किसान सदस्यहरुलाई म्यादी जीवन बीमा सेवा प्रदान गर्ने योजना रहेको छ ।

 संघले विवध कार्यक्रम मार्फत आफनो सदस्य संस्थाहरुलाई कृषि उत्पादन तथा उत्पादकत्वमा बृद्धि गर्न, व्यवसायिक योजना तथा रणनीतिक योजना बनाउन सहयोग पुयाई गैर वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाईएको छ। हाल यस संघबाट नेपालको ७७ जिल्लामा १२०० भन्दा बढी संस्थाहरुमा आवद्ध १२ लाख भन्दा बढी साना किसान परिवारहरूले सेवा लिई रहेका संघले बताएको छ ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि.ले हाल विवध योजना मार्फत देशभर रहेको आफनो १७५ शाखा सञ्जाल मार्फत १०,००,००० भन्दा बढि ग्राहक समक्ष आफनो सेवा प्रदान र्गदै आईरहेको जनाएको छ ।

यस योजना मार्फत देशभर छरिएर रहेका विपन्न तथा साना किसान सदस्यहरुलाई बीमाको परिधिभित्र समावेश गर्न कोशेढुङ्गा सावित हुने संस्थाले विश्वास लिएको छ  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved