सिटिजन लाइफको व्यतीत बीमालेखमा शत प्रतिशत विलम्ब शुल्क छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 01:18:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्योरेन्स कम्पनी लिमिटेडले व्यतीत बीमालेख नवीकरण गर्दा बिलम्ब शुल्कमा शत प्रतिशत छुट दिने भएको छ ।

कम्पनीले यहि जेठ ७ गतेदेखि असार १५ गतेसम्म यो सुविधा लिन सकिने कम्पनीले जनाएको छ । 

यो सुविधा बीमालेख निरन्तर गर्ने प्रयोजनका लागि मात्र रहेको कम्पनीले जनाएको छ । सो अवधिसम्ममा नविकरण शुल्क भुक्तानी गरी आफ्नो आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरुसँग सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved