
नेपालमा पहिलोपटक लघुबीमा कम्पनी स्थापना भएर कारोबार थालेका छन् । हाल ३ वटा निर्जीवन र ४ वटा जीवन गरि कुल ७ वटा लघुबीमाले लाईसेन्स पाएको भएपनि ४ वटा मात्र सञ्चालनमा छन् । बाँकि ३ वटा सञ्चालन कै चरणमा छन्।
लघुबीमा भनेको न्युन आय भएका वर्गका व्यक्तिहरुलाई भविष्यमा हुनसक्ने जोखिमको लागि गरिने बीमा हो । लघुबीमा कम्पनीहरुले कम आम्दानी भएकाहरुलाई कम पैसामा उनीहरुको जोखिम बहन गरिदिने गर्छन्। न्यून आय भएका, र आर्थिक सामाजिक लगायतका विभिन्न कारण बाट बीमाको पहुँचमा पुग्न नसकेका व्यक्ति वा समुदायलाई लक्षित गरी लघुबीमा कम्पनी आएका हुन् । उनीहरु र उनीहरुको परिवारको जीवनमा आउँन सक्ने सम्भावित घटनाले पर्ने आर्थिक असरलाई न्यूनीकरण गर्ने उदेश्यले लघुबीमा नेपाली बजारमा प्रवेश गराईएको हो।
जसलाई पशुपालनको चिन्ता, औषधि उपचारको चिन्ता, व्यापार व्यवसायको चिन्ता, साथै बालबालिकाको भविष्यको चिन्ताले सधैँ पिरोली रहन्छ, त्यस्ता व्यक्तिलाई लघुबीमाले समेट्ने गर्दछ ।
नेपाल बीमा प्राधिकरणले लघुबीमाले लगानी गर्न पाउने क्षेत्र प्रष्ट रुपमा तोकेको छ । प्राधिकरणले लघु जीवन बीमकको लगानी निर्देशन,२०७९ र लघु निर्जीवन बीमकको लगानी निर्देशन,२०७९ मा लगानी गर्न पाउने क्षेत्रबारे उल्लेख गरेकोे छ ।
लघु जीवन बीमाले लगानी गर्न पाउने क्षेत्रः
१. नेपाल सरकार, प्रर्देश सरकार, स्थानिय सरकार वा नेपाल राष्ट्र बैंकको वचत पत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्र
२. नेपाल राष्ट्र बैंकबाट इजाज पत्र प्राप्त “क” वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेप
३. नेपाल राष्ट्र बैंकबाट इजाज पत्र प्राप्त “ख” वर्गको बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दती निक्षेप
४. नेपाल राष्ट्र बैंकबाट इजाज पत्र प्राप्त “ग” वर्गको बैँक तथा वित्तीय सस्थामा राखिएको मुद्दति निक्षेप
५. नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त “क”, “ख” र “ग” वर्गको बैंक तथा वित्तीय साँस्थाको अग्राधिकार शेयर (साधारण शेयरमा परिणत नहुने), बन्ड, डिवेन्चर र ऋणपत्र
६. नेपाल धितोपत्र बोर्डबाट इजाज पत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पवलिक लिमिटेड कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्र
७. नेपाल धितोपत्र बोर्डबाट इजाज पत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पव्लिक लिमिटेड कम्पनीको साधारण शेयर
८. नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरु
लघु निर्जीवन बीमाले लगानी गर्न पाउने क्षेत्रः