निर्जीवन बीमा व्यवसाय : मोटर र सम्पत्तिको हिस्सा ५५ प्रतिशत, कृषि तथा बालीको अवस्था कमजोर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2023 | 03:30:39 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्जीवन बीमा कम्पनीहरुले बिक्री गर्ने विभिन्न बीमालेख मध्ये मोटर र सम्पत्ति बीमाको हिस्सा ५० प्रतिशतभन्दा पनि बढि रहेको देखिएको छ । नियामक निकाय बीमा प्राधीकरणले सार्वजानिक गरेको भदौसम्मको तथ्यांक अनुसार यी दुई बीमालेखको हिस्सा ५४.८२ प्रतिशत रहेको छ । 

हाल संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको भदौ महिनासम्ममा ४ लाख ९ हजार ८० वटा बीमालेख जारी गरी ७ अर्ब ८ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सात प्रदेशमा कम्पनीहरुले सम्पत्ति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर तथा ठेक्का, विविध, कृषि तथा बाली र लघु बीमालेख जारी गरी उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

आर्जित कुल रकममध्ये निर्जीवन कम्पनीहरुले मोटर बीमा व्यवसायबाट सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेका छन् । यो अवधिमा मोटर बीमाबाट एक अर्ब ९८ करोड ८१ लख रुपैयाँ प्रिमियम संकलन गरेका कम्पनीले सम्पत्ति बीमाबाट १ अर्ब ८९ करोड ५७ लाख रुपैयाँ संकलन गरेका छन् । सरकारले मोटर बीमालाई अनिवार्य गरेको हुनाले मोटर बीमाको हिस्सा उच्च देखिएको हो । मोटर किन्दा र नवीकरण गर्दा अनिवार्य मोटर बीमा गर्नुपर्ने प्रावधान छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर घर खरिद गर्दा पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यता, सरकारले अनुदान दिएको कृषि तथा बाली बीमाको व्यवसाय भने अत्यन्तै नगन्य रहेको देखिन्छ । यस बीमालेखमा भदौसम्म ३५ करोड ४६ लाख रूपैयाँको मात्र बीमा भएको देखिन्छ । जुन कुल बीमा शुल्कको ५ प्रतिशत हुन आउँछ । यसअवधिमा कम्पनीहरुले २४ हजार ३१८ वटा कृषि तथा बाली बीमालेख जारी गरेका छन् ।

त्यस्तै, कम्पनीहरुले इन्जिनियरिङ्ग तथा ठेक्काबाट ९१ करोड ४९ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । सामुन्द्रिक बीमाबाट कम्पनीहरुले ४७ करोड ४४ लाख, हवाई बीमाबाट ४९ करोड ३६ लाख, विविध बीमाबाट ९५ करोड ८८ लाख र लघु बीमाबाट ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।  

६८ प्रतिशत व्यवसाय बाग्मतीमा

निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय बाग्मती प्रदेशमा मात्रै केन्द्रित रहेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसायको ६८.६१ प्रतिशत हिस्सा बाग्मती प्रदेशमा रहेको छ ।

बीमा कम्पनीहरुले चालु आवको भदौ मसान्तसम्म ४ लाख ९ हजार ८० बीमालेखबाट ७ अर्ब ८ करोड ५२ लाख बीमाशुल्क संकलन गरेका छन् । यसमध्ये बाग्मती प्रदेशमा बढी ४ अर्ब ४६ करोड १३ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको देखिन्छ । यसैगरी लुम्बिनी प्रदेशमा ६० करोड रुपैयाँ र कोशी प्रदेशमा ५८ करोड १५ लाख रुपैयाँ संकलन भएको छ । 

यता, कर्णाली प्रदेशमा बीमा कम्पनीले अत्यन्तै कम अर्थात ५ करोड १९ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् । जुन कुल बीमा शुल्कको शुन्य दशमलव ७३ प्रतिशत हुन आउँछ । यो अवधिमा यस प्रदेशमा ६ हजार ६ सय ३३ बीमालेख जारी भएको तथ्यांकले देखाउँछ । 

यो पनि :- मर्जरपश्चात सशक्त बन्दै निर्जीवन बीमा कम्पनी, सलिको र सिद्धार्थ प्रिमियरले शिखरलाई उछिने

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved