२ महिनामा ४ लाख निर्जीवन बीमालेख जारी, कुन प्रदेशको हिस्सा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2023 | 09:37:05 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दुई महिनामा देशभर कुल चार लाख नौ हजार ८० वटा निर्जीवन बीमालेख जारी भएको छ । जसमध्ये सबैभन्दा धेरै बीमालेख बागमती प्रदेशमा जारी भएको छ । 

दुई महिनमा जारी भएको कुल बीमालेख मध्ये सबैभन्दा धेरै बागमतीमा (४७.३४ प्रतिशत) तथा सबै हुँदा कम कर्णालीमा (१.६२ प्रतिशत)  रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार दुई महिनामा बागमती प्रदेशमा कुल एक लाख ९३ हजार छ सय ७५ वटा बीमालेख जारी भएको छ । सोही अवधीमा कर्णालीमा भने जम्मा छ हजार छ सय ३३ वटा मात्र निर्जीवन बीमालेख जारी भएको छ । बीमा कम्पनीहरुले बागमतीबाट बीमालेख बापत चार अर्ब ८६ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् भने कर्णालीबाट जम्मा पाँच करोड १९ लाख रुपैयाँ संकलन गरेको प्राधिकरणको तथ्यांकले देखाउँछन् । 

त्यसैगरी, सबैभन्दा धेरै बीमालेख जारी भएको प्रदेशको दोस्रो र तेस्रो स्थानमा क्रमशः लुम्बिनी र कोशी प्रदेश रहेका छन् । लुम्बिनीबाट कुल ६० करोड एक ६३ हजार रुपैयाँको ६३ हजार दुई सय २१ वटा बीमालख जारी हुँदा कोशीबाट ५८ करोड १५ लाख ४९ हजार रुपैयाँको ४८ हजार ६ सय ५१ वटा बीमालेख जारी भएको छ । यस्तै, गण्डकी, मधेश र शुदुरपश्चिम प्रदेशमा क्रमशः ४१ हजार ९२, ३६ हजार सात सय ६९ र १९ हजार ३२ वटा बीमालेख जारी भएको छ । 

कम्पनीहरुले मधेश प्रदेशबाट ४७ करोड ३९ लाख ३५ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्दा गण्डकीबाट ३७ करोड ११ लाख छ हजार रुपैयाँ संकलन गरेका छन् । यसैगरी सुदुरपश्चिममा १४ करोड ५२ लाख १४ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved