बीमा संस्थानलाई कम्पनीमा परिणत हुने बाटो खुल्यो, आजै कम्पनी रजिष्टारको कार्यालय जाँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 10:41:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा परिणत हुने बाटो खुलेको छ। कात्तिक १६ गतेको बसेको मन्त्री परिषदको बैठकले स‌ंस्थानलाई हाल कायम पूँजीमा नै कम्पनीमा जाने स्वीकृती प्रदान गरेको हो ।

बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधीकरणले राष्ट्रिय बीमा संस्थानका सम्बन्धमा मन्त्रिपरिणको निर्णय भएको पत्र अर्थमन्त्रालयबाट प्राप्त भएको जानकारी दिएको छ । शुक्रबार प्राप्त पत्र अनुसार कम्पनीलाई हालकै पूँजी संरचना कम्पनीमा रुपान्तरण गर्न स्वीकृती दिनु पर्ने उल्लेख छ । 

मन्त्रिपरिषदको निर्णय आएसँगै संस्थान आज दर्ताका लागि कम्पनी रजिष्टारको कार्यालय जाने भएको छ । संस्थानका प्रमुख प्रशासक कवी पाठकले आज कात्तिक २० गते कम्पनी दर्ताका लागि रजिष्टारको कार्यालय जान लागेको जानकारी दिए । 

हाल संस्थानको ५० करोड अधिकृत पूँजी र १८ करोड १० लाख चुक्तापूँजी छ । पाठकका अनुसार संस्थानले हालको पूँजी संरचना कायम राखी कम्पनी दर्ता लागि आवेदन दिनेछ । उनले हाल कायम पूँजी संरचना अनुसार कम्पनीले प्रबन्धपत्र र नियमावली तयार गरिसकेको समेत बताए ।  संस्थान कम्पनीमा दर्ता भइसकेपछि पूँजी वृद्धिको प्रक्रिया अगाडि बढ्ने उनको भनाई छ ।

हाल संस्थानमा नेपाल सरकार अर्थमन्त्रालयका २७‍.७७ प्रतिशत, नेपाल राष्ट्र बैंकको ५५.५६ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

बीमा ऐन, २०७९ को दफा १७२ को उपदफा ३ क बमोजिम कम्पनीमा रुपान्तरण हुन लागेको यस संस्थानले यसअघि संस्थापकबाट साढे ३ अर्ब संकलन गरी डेढ अर्ब रुपैयाँको सेयर सर्वसाधारणलाई जारी गर्ने गरी योजना अघि सारेको थियो । बिहीबारको मन्त्रिपरिषद बैठकले अहिलेकै संरचना कम्पनीमा जान दिने  र तत्काल पब्लिकमा नजाने निर्णय गरेसँगै तत्कालका लागि कम्पनीको आईपीओ भने जारी नहुने भएको छ ।

यसअघि :-

- सरकारी अनिर्णयको बन्दी बन्यो बीमा संस्थान, अर्थलाई पत्र लेख्दै प्राधीकरण

- पब्लिक कम्पनी बन्न राष्ट्रिय बीमा संस्थानले विशेष साधारणसभा नै गर्न सकेन, 'टेकओभर' को चर्चा

- बीमा संस्थानको विशेष साधारणसभा अनिश्चित, तोकिएकै समयमा पब्लिक कम्पनी बन्नेमा आशंका

- बीमा संस्थानको विशेष साधारणसभा फेरि स्थगित

- पब्लिक कम्पनीमा परिणत हुँदै बीमा संस्थान, डेढ अर्बको आईपीओ निष्काशन तयारी


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved