सरकारी अनिर्णयको बन्दी बन्यो बीमा संस्थान, अर्थलाई पत्र लेख्दै प्राधीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2023 | 12:28:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानको भविष्य सरकारकै कारण अन्यौलमा परेको छ । बीमा ऐन २०७९ को प्रावधान बमोजिम कात्तिक २२ गतेभित्रमा कम्पनीमा रुपान्तरण हुनुपर्ने बाध्यात्मक अवस्था भएपनि अझै केही ठोस निर्णय हुन सकेको छैन् । जसका कारण कात्तिक २३ पछि संस्थानको अवस्था के हुने भन्ने अनिश्चित जस्तै भएको छ । 

पब्लिकमा रुपान्तरण हुन निकै छोटो समय अर्थात जम्माजम्मी ५ कार्यदिन मात्रै बाँकी रहेको अवस्थामा नियामक निकाय बीमा प्राधीकरणले अर्थमन्त्रालयलाई पत्र पठाउने तयारी गरेको छ । प्राधीकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारलाई घच्याउनका लागि अर्थमन्त्रालयका नाममा पत्र पठाउन लागेको जानकारी दिएका छन् । 

'राष्ट्रिय बीमा संस्थानले सरकारको निर्णयको पखाईमा रहेको जवाफ दिंदै आएको छ ।'  बिजपाटीसँग कुरा गर्दै उनले भने, 'यद्यपी अब निकै छोटो समय रहेका कारण सरकारलाई घच्घच्याउन हामीले पनि पत्र लेख्दैछौं । त्यसपछि सरकारबाट केही निर्णय होला कि ।' कार्यकारी निर्देशक पौडेलले बीमा ऐनभन्दा माथि कोही पनि नहुने भन्दै ऐनको पालना सबैले गर्नुपर्ने बताए । उनले भने, 'ऐनभन्दा माथि कोही हुन सक्दैन, न संस्थान, न हामी, न त सरकार नै।' उनले तोकिएको समयमा संस्थान कम्पनीमा रुपान्तरण हुन नसके कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने समेत जानकारी दिए । 

यता, संस्थानका प्रमुख प्रशासक कवि पाठकले स‌ंस्थानलाई कम्पनीमा रुपान्तरणका लागी मन्त्री परिषद्को निर्णयको पखाईमा आफूहरु रहेको बताए ।  बिजपाटीसँग कुरा गर्दै प्रमुख प्रशासक पाठकले भने, 'मन्त्री परिषदको निर्णयका लागी अर्थमन्त्रालयमार्फत अनुरोध गरिसकेका छौं ।' आफूहरुसँग मन्त्रीपरिषदको निर्णय पर्खनुको विकल्प नरहेको उनले बताए । संस्थानको विषय क्याबिनेटमा पुगिसकेको बताउँदै उनले अझै पनि तोकिएको समयमा पब्लिक कम्पनीमा जान सकिने आसामा रहेको बताए । यद्यपी यतिबेला अर्थमन्त्री डा. प्रकाश शरण महत उच्चस्तरीय लगानी सम्मेलनमा सहभागि हुने क्रममा लण्डनमा रहेका छन् । अर्थमन्त्रीको अनुपस्थितमा बीमा संस्थानका विषयमा मन्त्रिपरिषदले निर्णय गरिहाल्ने अवस्था भने देखिदैंन । 

सरकारी स्वामित्वको यस संस्थानमा नेपाल सरकार, नेपाल राष्ट्र बै‌ंक र नेपाल बैंक लिमिटेड सेयरधनी रहेका छन् ।  गत कात्तिक २३ गते कार्यान्वयनमा आएको बीमा ऐन, २०७९ को दफा १७२ को उपदफा ३ क बमोजिम संस्थान कात्तिकको २२ गतेसम्म कम्पनीमा रुपान्तरण हुनुपर्ने छ । साथै हाल १८ करोड १० लाख मात्रै चुक्ता पूँजी रहेको यस संस्थानले नियामक निकाय बीमा प्राधीकरणले तोके बमोजिम चुक्तापूँजी पनि ५ अर्ब पुर्याउनु पर्नेछ ।

संस्थापकले पुँजी थप्ने र सर्वसाधारणलाईलाई सेयर निष्काशन गरेर पूँजी पुर्याउने योजना संस्थानको छ । संस्थानले संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय बमोजिम कार्य योजना तयार गरी नेपाल सरकार अर्थ मन्त्रालयमा यसअघि नै पेश गरिसकेको छ ।

यसअघि

- पब्लिक कम्पनी बन्न राष्ट्रिय बीमा संस्थानले विशेष साधारणसभा नै गर्न सकेन, 'टेकओभर'को चर्चा

- बीमा संस्थानको विशेष साधारणसभा अनिश्चित, तोकिएकै समयमा पब्लिक कम्पनी बन्नेमा आशंका

- बीमा संस्थानको विशेष साधारणसभा फेरि स्थगित

- पब्लिक कम्पनीमा परिणत हुँदै बीमा संस्थान, डेढ अर्बको आईपीओ निष्काशन तयारी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved