लाइफ ईन्स्योरेन्स कर्पोरेशनमा विशाल ग्रुपले घटायो शेयर हिस्सा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 07:21:20 PM मा प्रकाशित

laxmi  sunrise bank

लाइफ ईन्स्योरेन्स कर्पाेरेशन (नेपाल) मा विशाल ग्रुपले आफ्नो शेयर स्वामित्व घटाएको छ । एक वर्षको अवधिमा विशाल ग्रुपले १० प्रतिशत स्वामित्व घटाएको हो । 

आर्थिक वर्ष २०७७/०७८ मा उक्त कम्पनीमा विशाल ग्रुपको २५ प्रतिशत शेयर हिस्सा रहेको थियो । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीमा  विशाल ग्रुपको स्वामित्व १५ प्रतिशत कायम भएको छ । सो वर्ष कम्पनीले १० प्रतिशत शेयर बेचेको देखिन्छ । 

आर्थिक वर्ष २०७७/०७८ मा उक्त कम्पनीमा सर्वसाधारणको २० प्रतिशत शेयर हिस्सा रहेको थियो । विशाल ग्रुपले १० प्रतिशत शेयर बेचेपछि  आर्थिक वर्ष २०७८/७९ मा सर्वसाधारण शेयरधनीको अंश वढेर ३० प्रतिशत कायम भएको छ । हाल उक्त कम्पनीमा विशाल ग्रुपको १५ प्रतिशत, सर्वसाधारणको ३० र भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत शेयर हिस्सा रहेको छ ।

 लाइफ ईन्स्योरेन्स कर्पाेरेशनमा विशाल ग्रुपको ३९ लाख ७९ हजार ८ सय, सर्वसाधारणको ७९ लाख ५९ हजार ६ सय र भारतीय जीवन बीमा निगमको १ करोड ८५ लाख ७२ हजार ४ सय कित्ता शेयर रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved