चालु आर्थिक वर्षको ४ महिनामा निर्जीवन लघुबीमा कम्पनीहरुले एक करोड ६७ लाख बढीको ब्यापार गरेका छन् । यो अवधिमा २ वटा निर्जीवन लघुबीमा कम्पनीले एक करोड ६७ लाख ८८ हजार रुपैयाँ बराबरको ब्यापार गरेका हुन् ।
जसमध्ये प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्सले एक करोड ६ लाख ५७ हजार र नेपाल माईक्रो ईन्स्योरेन्सले ६१ लाख ३१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
जसमध्ये ७५ लाख ९९ हजार रुपैयाँ कार्तिक महिनामा संकलन गरेको जनाइएको छ । कार्तिकमा प्रोटेक्टिभले ४५ लाख १३ हजार तथा नेपाल माइक्रोले ३० लाख ८५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
यो ४ महिनामा उक्त २ कम्पनीले ५ हजार ६५० वटा पोलिसी बेचेका छन् । जसमध्ये नेपाल माईक्रोले ३ हजार ४०५ र प्रोटेक्टिभले २ हजार २४५ वटा पोलिसी विक्री गरेको तथ्यांकमा उल्लेख छ ।
यी कम्पनीहरुले कार्तिकमा मात्रै २ हजार ६७८ वटा पोलिसी विक्री गरेका छन् ।