जीवन बीमाको ब्यापार बढ्दा निर्जीवनको घट्यो, बीमा गर्ने पनि घटे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 06:12:44 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०८०/०८१ को ४ महिना(साउन कार्तिक)सम्ममा जीवन बीमा कम्पनीहरुको ब्यापार बढेको छ भने निर्जीवन कम्पनीहरुको ब्यापार घटेको छ । यो ४ महिनामा जीवन बीमा कम्पनीहरुको ब्यापारमा ७.४५ प्रतिशतले वृद्धि हुँदा निर्जीवनको ब्यापार ४.५८ प्रतिशतले घटेको हो । 

गत आर्थिक वर्षको ४ महिनामा जीवन बीमा कम्पनीहरुले ४६ अर्ब १ करोड १५ लाख ३८ हजार रुपैयाँ बढीको ब्यापार गरेका थिए । सो ब्यापार बढेर चालु आवको ४ महिनामा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४४ करोड ११ लाख ६२ हजार रुपैयाँको ब्यापार गरेका हुन् । 

त्यसैगरी निर्जीवन तर्फ गत आर्थिक वर्षको ४ महिनामा १३ अर्ब ३५ करोड ४५ लाख रुपैयाँको ब्यापार भएको थियो । सो ब्यापार घटेर चालु आवको सोहि अवधिमा १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँमा झरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

रकमका आधारमा जीवन बीमा कम्पनीको गत वर्षको तुलनामा अहिले ब्यापार बढेको भएतापनि पोलिसि बिक्री भने घटेको देखिन्छ । प्राधिकरणले जारी गरेको रिपोर्ट अनुसार गत वर्ष ४ महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुले यस बर्ष १.६० प्रतिशत पोलिसी कम विक्री गरेका हुन् । गत बर्षको ४ महिनामा जीवन बीमा तर्फ १ करोड ३९ लाख ४२ हजार ३०९ वटा पोलिसि विक्री भएको थियो । चालु आवको सोहि अवधिमा १ करोड ३७ लाख १९ हजार ७२५ वटा पोलिसि मात्र विक्री भएका छन् । 

यसैगरी निर्जीवन तर्फ गत वर्षको ४ महिनाको तुलनामा चालु आवको सोहि अवधिमा पोलिसि विक्री २.६८ प्रतिशतले गिरावट आएको छ । गत वर्षको उक्त अवधिमा निर्जीवन तर्फ ९ लाख १९ हजार १३८ वटा पोलिसि विक्री भएको थियो । चालु आवको सोहि अवधिमा ८ लाख ९४ हजार ५२४ वटा पोलिसि विक्री भएको छ । 

समग्रमा चालु आवको गत आवको ४ महिनासम्मको तुलनामा बीमाको दायरा घटेको छ । गत वर्ष देशभर बीमा गर्नेको संख्या ४३.७४ प्रतिशत रहेको थियो । सो संख्या घटेर चालु आवको सोहि अवधिमा ४२.९८ प्रतिशतमा झरेको प्राधिकरणको तथ्यांकले देखाउँछ ।

यस्तै गत महिना अर्थात २०८० असोज महिनामा पनि बीमाको दायर ४३.४२ प्रतिशत रहेको थियो । सो महिनाको तुलनामा कार्तिक महिनासम्म यस्तो दायर ओरालो लागेको देखिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved