शेयर संरचना परिवर्तन गर्दै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2023 | 01:17:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीको शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले हाल रहेको संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपातलाई हालको ७०:३० बाट परिवर्तन गरेर ५१:४९ कायम गर्न लागेको हो । 

त्यसको लागि संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिने र कोहि  संस्थापकले शेयर सर्वसाधारण परिणत नगर्ने भएमा निवेदन दिन कम्पनीले आग्रह गरेको छ । शेयर परिणत गर्न इच्छुक नभएका लगानीकर्तालाई कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वर वा सानिमा क्यापिटल  नक्सालमा ७ दिन भित्र निवेदन दिन कम्पनीले भनेको हो ।

शेयर परिवर्तनका लागि कम्पनीले नेपाल बीमा प्राधिकरण तथा सम्बन्धित नियामक निकायसँग अनुमति लिई सकेको उल्लेख गरेको छ । यदि तोकिएको अवधिमा निवेदन नदिए शेयर परिवर्तन गर्न इच्छुक भएको मानि सोहि अनुसार शेयर परिणत गरिने कम्पनीले जारी गरेको सुचनामा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved