बीमा प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन गर्नु पर्छ: अर्थमन्त्री महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2023 | 01:12:00 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर संघ नेपालले आयोजना  गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । 

 उनले भने, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, किन बीमामा किन सहभागी हुने भन्ने धारणा छ ।’ 

अहिले बीमा सचेतनाको आवश्यकता रहेको औंल्याउँदै मन्त्री डा. महतले भने, ‘जीवन होस् वा निर्जिवन जोखिममा पर्यो भने झमेला हुँदैन । यो विश्वास दिलाउनुपर्छ । नेपालमा दुईवटा समस्या छ, हरेकलाई समस्या आइपर्न सक्छ, अहिले हामीले केही योगदान दिएर भोलि आइपर्न सक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने छ । जसले बीमा गरिसकेको छ, आपत पर्दा तिर्न विमा कम्पनीहरुले तिर्न आनाकानी गर्छन् । यसले सम्भावित बीमा लिन खोज्नेहरुलाई पनि  विमा विस्तारमा अवरोध पुर्याउँछ ।’

देखिएका समस्या समाधानका लागि विमामा जोडिएका सबै र बीमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन गर्न मन्त्री डा. महतले आग्रह गरे । उनले व्यवसायिकतालाई मध्यनजर राखेर हामीले काम गर्नुपर्ने बताए ।

‘बीमा कम्पनीहरुले लिन बेला विज्ञापन गर्ने, रिर्सोस जम्मा गर्ने र दिनु पर्यो भने अनेकौं झमेला झिक्ने गरिन्छ । त्यहीनेर सर्भेरको काम आउँछ । उनीहरुको बीचमा बसेर सर्भेरले काम गरिदियो भने प्रभावकारी हुन्छ’ मन्त्री डा. महतले भने, ‘बीमा सर्भेर महत्वपूर्ण भूमिका हुन्छन् । कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्छ । यो भयो भने कसैले यसमा खेल्न सक्दैन । बीमालाई नयाँ उचाइमा पुर्याउन सर्भेरको भूमिका महत्वपूर्ण हुन्छ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved