बीमा प्राधिकरणले थप प्रष्ट पार्यो सम्पति बीमा निर्देशिकाको प्रावधान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2024 | 04:56:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले हालै जारी गरेको सम्पत्ति बीमा निर्देशिका, २०८० मा भएको केहि प्रावधानलाई थप प्रष्ट पारेको छ । प्राधिकरणले सोमबार एक परिपत्र जारी गर्दै उक्त निर्देशिकाको निर्देशन नं ५ को उपनिर्देशन ४ मा रहेको व्यवस्थालाई थप प्रष्ट पारेको हो । 

प्राधिकरणले बैंक तथा वित्तीय संस्थाको लागि प्रयोग हुने बीमादरबारे उक्त निर्देशिकाको व्यवस्थालाई थप प्रष्ट पारेको जनाएको छ । निर्देशिकामा 'मोटर बीमालेख, सामुन्द्रिक बीमालेख, हवाई बीमालेख, इन्जिनियरिङ बीमालेख, कृषि, पशुपन्छी तथा जडिबुटी बीमालेख, नगद तथा मार्गस्थ बीमा र बैंकर्सको क्षतिपूर्ति बीमालेख लगायत विविध बीमा अन्तर्गत रक्षावरण हुने जोखिमको लागि यो बीमालेख जारी गर्न पाइने छैन ।' भन्ने उल्लेख छ ।

तर, गोदाम भित्र राखिएको मार्गस्थ सामान, प्रयोग विहिन भएर घरमा राखिएको वा शोरूम वा गोदाममा रहेको सवारी साधन, निर्माणाधीन भवनको भने यसै बीमालेख अन्तर्गत गर्न सकिनेछ प्रावधान रहेको छ । उक्त निर्देशिकामा भएको यो व्यवस्थालाई थप प्रष्ट पारिदिन भन्दै नेपाल बीमक संघले पत्र नै पठाएको र सोहि अनुसार प्रष्ट पारिएको प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।

प्राधिकरणले मोटर बीमालेख, सामुन्द्रिक बीमालेख, हवाई बीमालेख, इन्जिनियरिङ बीमालेख, कृषि, पशुपन्छी तथा जडिबुटी बीमालेख, नगद तथा मार्गस्थ बीमा र बैंकर्सको क्षतिपूर्ति बीमालेख लगायत विविध बीमा अन्तर्गत रक्षावरण हुने जोखिमको लागि उक्त बीमालेख अन्तर्गत बीमा गर्न नपाइने  प्रवक्ता पौडेलले बताए । यदि सो अन्तरगत बीमा गराए कानुन अनुसार कारवाही गर्ने पनि प्राधिकरनाले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved