प्रभु महालक्ष्मी लाइफको नाफामा बढोत्तरी, यस्ता छन् अन्य सूचकको अवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 11:09:31 AM मा प्रकाशित

laxmi  sunrise bank


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा बढेको छ । 

कम्पनीले बिहीबार प्रकाशित गरेको चालू आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३८.७४ प्रतिशतले बृद्धि भएको हो । 

कम्पनीले उक्त अवधिसम्ममा २६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत अवको सोहि अवधिमा कम्पनीले यस्तो नाफा १९ करोड ३ लाख रुपैयाँ आर्जन गरेको थियो । 

यो अवधिमा कम्पनीले ३ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी ८.३५ रुपैयाँ छ । यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १२३.३५ रुपैयाँ, पीई रेशियो ६१.३१ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्ति ३५७ रुपैयाँ छ । 

कम्पनीले दिर्घकालिन रुपमा ११ अर्ब ६३ करोड ११ लाख र अल्पकालिन रुपमा २ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ   छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved