बीमा क्षेत्रमा कस्ता प्रडक्ट आवश्यक छ भन्नेमा रिसर्च हुनुपर्छः सिईओ श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 09:56:13 AM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बीमा हरेक क्षेत्रमा आवश्यक रहेको बताएका छन् । बागमती प्रोस्कुनले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’मा ‘सहकारीमा सदस्य सुरक्षाः जोखिम स्थानतरणको लागि बीमा’ विषयको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सिईओ श्रेष्ठले कार्यपत्र माथी टिप्पणी गर्दै बीमा हरेक क्षेत्रमा आवश्यक रहेकाले जोखिम न्युनिकरण र जोखिम स्थानान्तरणमा बीमाको महतव रहेको धारणा राखे । सदस्यको सुरक्षाको लागि सहकारीले विभिन्न बीमा कार्यक्रम सञ्चालन गर्दै आएको र गर्वदेखि स्वर्गसम्मको सेवा दिन सहकारी लागि परेको उनको भनाई छ ।

सदस्यहरुलाई कुनै पनि प्रलोभनमा नपारी सेवा दिनुपर्नेमा उनले जोड दिए । बीमा क्षेत्रमा कस्ता प्रडक्ट आवश्यक हुनुपर्छ भन्नेमा रिसर्च गर्नुपर्ने र नयाँ नयाँ प्रडक्ट ल्याउन उनले सुझाए । सहकारी राहत कोषलाई बीमासँग जोड्न सक्दा धेरै सदस्यलाई यस्ता कार्यक्रममा जोड्न सकिने उनको बुझाई छ ।

क्लिेम सेटलमेन्ट झन्झटिलो भएको र यसले कतिपय समयमा समस्या बनाएको श्रेष्ठले जनाए । आम्दानी र बचतसँगै सदस्यलाई आकास्मिक कोषमा जोड्न सके यसले वित्तीय स्वतन्त्रता दिने उनको भनाई छ । वित्तीय स्वतन्त्रतामा पुर्याउन सबै सहकारीले काम गर्नु पर्नेमा उनको जोड थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved