सूर्यज्योति लाइफद्वारा महिलाहरुलाई सिलाई कटाई मेशिन वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 02:31:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्यज्योति लाइफल ईन्स्योरेन्सले महिलाहरुलाई सिलाई कटाई तालिमको लागी मेशिन तथा सामाग्री वितरण गरेको छ । ईन्स्योरेन्सले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उक्त सामग्रीहरु वितरण गरेको हो । 

फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु ३, नवलपरासीको संयोजकत्वमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० थान सिलाई मेशिन तथा सोसंग सम्बन्धित सामाग्रीहरु हस्तान्तरण गरेको जनाइएको छ ।

कम्पनीले बिपन्न बर्गका महिलाहरुको आर्थिक क्षमता बृद्धि गर्नका लागि निरन्तर रुपमा सिपमुलक सिलाई कटाई तालिम संचालन गर्ने उद्दश्यले ामाग्रीहरु हस्तान्तरण गरेको जानकारी दिएको छ । कम्पनीले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगबाट वित्तिय साक्षरता, सिपमुलक प्रविधि शिक्षा, खेलकुद, जलवायु परिवर्तन न्युनिकरण, अनुकुलन सम्बन्धी गतिविधि, खेलकुद तथा साक्षरता कक्षा सम्बन्धी बिभिन्न गतिविधिहरु संचालन गर्दै आइरहेको छ । फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु – ३, नवलपरासीमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, अम्बर बहादुर महतो, सचिव, काशी राम पाठक तथा संस्थाका पदाधिकारीहरु सहित रोटरी क्लव नवलपरासीका पदाधिकारी, स्थानिय जनप्रतिनिधि, तालिममा सहभागी महिला र सूर्यज्योति लाइफका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाको उपस्थिति रहेको थिया । 

उक्त कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाले उक्त कार्यक्रममा सामाग्री हस्तान्तरण गर्दै यस प्रकारको सहयोगले बिपन्न बर्गका महिलाहरुको आर्थिक क्षमता बृद्धि गर्न टेवा पुग्ने कुरामा विश्वस्त रहेको जानकारी गराए । साथै फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष महतोले विपन्न तथा पिछडिएका महिलाहरुको सीपमा विकास गरी उनीहरुलाई आर्थिक समुन्नतीको बाटोमा बढाउन सकिन्छ भनेर नै यो तालिमको आयोजना गरिएको र यसमा सूर्यज्योति लाइफले साथ दिएकोमा आभार व्यक्त गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved