खेलकुद बीमालेखको सुरुवात गर्ने पहिलो कम्पनी बन्यो राष्ट्रिय बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2024 | 06:56:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पहिलो पटक खेलकुद बीमालेखको सुरुवात भएको छ । राष्ट्रिय बीमा कम्पनीले नेपालमा पहिलो पटक खेलकुद बीमालेखको सुभारम्भ गरेको हो । 

कम्पनीले विभिन्न खेलका खेलाडी र प्रशिक्षकको बीमा गराएर नेपालमै पहिलो पटक खेलकुद बीमालेख जारी गर्ने कम्पनी बनेको हो । जस अन्तर्गत कम्पनीले प्रशिक्षक र खेलाडी गरेर ६० जनाको बीमा गराएको हो । 

राष्ट्रिय खेलकुद परिषद्सँग सम्झौता गरेर ति खेलाडी तथा प्रशिक्षकहरुको बीमालेख जारी गरिएको हो । जारी बीमालेख राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई कम्पनीका मार्केटिङ म्यानेजर देवराज घिमिरेले हस्तान्तरण गरेका हुन् ।

कम्पनीका अनुसार बीमालेख फेब्रुअरी महिनाको २८ तारिखदेखि जुलाई महिनाको १५ तारिखसम्म अर्थात् ४ महिना ९ दिनको लागि लागु हुनेछ । प्रत्येक खेलाडी र प्रशिक्षकको ७ लाख रुपैयाँ बीमांक रकम बराबर बीमा गरिएको हो । समग्रमा ४ करोड २० लाख रुपैयाँ बीमांक रकम बराबर बीमा गरिएको कम्पनीले जनाएको छ । तेक्वान्दो, कराँते, उस्सु, जुडो र बसिंङका खेलाडी तथा प्रतिक्षकहरुको बीमा गराइएको हो । 

आर्थिक वर्ष २०७९/०८० को बजेटमा नै खेलाडी तथा प्रशिक्षकहरुको बीमा गरिने उल्लेख भएको थियो । सोहि अनुसार नियामक निकाय नेपाल बीमा प्राधिकरणले मसिंरमा खेलकुद बीमालेखको पोलिसि निर्माण गरेर सार्वजनिक गरेको थियो । यसप्रकारको बीमालेखले खेलाडी तथा प्रशिक्षकहरुमा हौसला तथा प्रोत्साहन मिल्ने जानकारहरुको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved