यी हुन् लिबर्टी माईक्रोका ११ ठूला शेयरधनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2024 | 01:33:24 PM मा प्रकाशित

laxmi  sunrise bank

लिबर्टी माईक्रोलाईफ ईन्स्योरेन्स कम्पनीमा १ प्रतिशत वा सो भन्दा बढी लगानी गर्ने लगानीकर्ताको संख्या ११ रहेको छ । आर्थक वर्ष ०७९/०८० को रिपोर्ट अनुसार ११ ठूला लगानीकर्ता मध्ये ७ वटा संस्थागत र ४ जना व्यक्तिगत लगानीकर्ता रहेका छन् । 

जसमध्ये सबैभन्दा धेरै लाङटाङ ईन्भेष्टमेन्ट र पाल्दोर ईन्भेष्टमेन्टको समान २१.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीमा उनीहरुको समान ११ लाख २५ हजार कित्ता शेयर रहेको छ । त्यसैगरी, कबिता लोहिया र ओ.पि होल्डिङ कम्पनीको समान ९.५२ प्रतिशत शेयर स्वामित्व अर्थात समान ५ लाख कित्ता शेयर रहेको छ । 

त्यसैगरी, जगदम्बा ईन्टरप्राईजेजको ६.८६ प्रतिशत स्वामित्व, रमि क्यापफिनको ६.१९, गोदावरी फिनकोर्पको ४.७६, रजनिस कर्नानिको २.२९, ल्हाक्पा सोनाम शेर्पाको १.९०, निकोलस पाण्डेको १.५२ र लक्ष्मी बैंकको १.४२ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved