कतार विश्वकपको लागि छनौट हुने देशको संख्या ११ पुग्यो, युरोकप बिजेता इटाली छनौट हुन असफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2021 | 08:22:42 AM मा प्रकाशित

laxmi bank ntc

सन् २०२२ मा हुने कतार विश्वकपको लागि छनौट हुने देशको संख्या ११ पुगेको छ । सोमबार इंग्ल्यान्ड र स्विजरल्याण्डले पनि विश्वकपको लागि स्थान पक्का गरेसंगै छनौट हुने देशको संख्या ११ पुगेको हो  ।

इंग्ल्यान्ड युरोपियन छनौट समुह आइ को शिर्ष स्थानमा, र स्विजरल्याण्ड समुह सी को शिर्ष स्थानमा रहदै विश्वकपको लागि छनौट भएका हुन्। यस संगै युरोकप बिजेता इटाली भने विश्वकपको लागि सोझै छनौट हुन असफल भएको छ । खेल अघि स्विजरल्याण्ड र इटालीको अंक बराबर थियो ।  तर इटालीले नर्दर्न आयरल्याण्डसँग बराबरी खेल्यो भने स्विजरल्याण्डले बुल्गेरियालाई ४-० ले हरायो ।  यस संगै स्विजरल्याण्ड समुहको शिर्ष स्थानमा रहदै विश्वकप पुग्न सफल भयो भने युरो कप बिजेता इटालीले अब प्ले अफ हुदै छनौट हुनु पर्ने भएको छ । 

आयोजक कतार सहित जर्मनी , डेनमार्क ब्राजिल, फ्रान्स,  बेल्जियम, क्रोएसिया, स्पेन, र सर्बिया यस अघि नै छनौट भईसकेका छन्  ।   

विश्वकपमा ३२ देशले सहभागी जनाउने हुँदा २१ टिम अझै छनौट हुन बाँकि छ । ७० टिमको छनौट हुन सक्ने सम्भावना अझै बाँकि रहेको छ । प्रतियोगितामा अफ्रीकाबाट ५ , एसियाबाट ४ वा ५ (आयोजक कतार बाहेक), युरोपबाट १३, उत्तरी अमेरिकाबाट ३ वा ४ र दक्षिणी अमेरिकाबाट ४ वा ५ टिमले प्रतियोगितामा स्थान पक्का गर्न सक्छन् । त्यस्तै ओसियाना क्षेत्रबाट पनि १ टोली छनौट हुन सक्छन् । तर प्ले अफ खेल्नु पर्ने भएकोले सो १ टोली अन्य महादेशको पनि छनौट हुन सक्ने छन् । केहि टोलिले प्ले अफ खेल्नु पर्ने भएकोले एसिया, र अमेरिकी देशहरुको छनौट हुने संख्या यकिन नभएको हो ।

प्रतियोगितामा एसियाबाट ४६ देशले छनौट सुरु गरेकोमा ३३ टिम बाहिरिसकेका छन् भने १२ टिमको छनौट हुने सम्भावना अझै कायम छ । कतार यस समुहबाट छनौट भईसकेको छ । त्यस्तै अफ्रीकाबाट ५४ देशले छनौट सुरु गरेकोमा ३९ टिम बाहिरिसकेका छन् भने १५ टिमको छनौट हुने सम्भावना अझै कायम छ । उत्तरी अमेरिकाबाट ३४ देशले छनौट सुरु गरेकोमा २६ टिम बाहिरिसकेका छन् भने ८ टिमको छनौट हुने सम्भावना अझै कायम छ। दक्षिणी अमेरिकाबाट १० देशले छनौट सुरु गरेकोमा कोहि पनि टिम बाहिरिसकेका छैन र ९ टिमको छनौट हुने सम्भावना अझै कायम छ। ब्राजिल यसै समुहबाट छनौट भएको हो । ओसियाना क्षेत्रबाट ११ टिमले छनौट सुरु गरेकोमा कुनै पनि टिम बाहिरिएको छैन भने ११ टिमको छनौट हुने सम्भावना अझै कायम छ । युरोपबाट ५५ देशले छनौट सुरु गरेकोमा ३१ टिम बाहिरिसकेका छन् भने १७ टिमको छनौट हुने सम्भावना अझै कायम छ । यस समुहबाट जर्मनी,  डेनमार्क, फ्रान्स,  बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड र स्विजरल्याण्ड गरि ९  टिम छनौट भईसकेका छन् । छनौट चरणका खेलहरु सन् २०२२ को जुन महिनासम्म चल्ने छ  । 

विश्वकपको मुख्य प्रतियोगिता भने २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved