कतार विश्वकप खेल्ने ३२ मध्ये २९ देशको टुंगो लाग्यो: अमेरिकाको पुनरागमन, मेक्सिको पनि छनौट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2022 | 09:21:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२२ मा हुने कतार विश्वकपको लागि छनौट हुने देशको संख्या २९ पुगेको छ । पछिल्ला छनौट खेलबाट थप २ टोली छनौट भएसंगै विश्वकपको लागि छनौट हुने देशको संख्या २९ पुगेको हो ।

आज बिहान भएका खेलहरुबाट अमेरिका र मेक्सिको विश्वकपको लागि छनौट भएका छन्  । कोस्टारिकासँग २-० गोलले पराजित भएपनि अमेरिका छनौट भएको हो  । अमेरिका भन्दा माथि जानको लागि कोस्टारिकाले अमेरिकालाई ६ गोल अन्तरले हराउनु पर्ने थियो  । तर खेलमा २ गोल मात्र भएपछि अंकतालिकामा बराबर अंक भए पनि गोल डिफरेन्सको आधारमा अमेरिका छनौट भएको हो  । २०१८ मा छनौट हुन नसकेको अमेरिकाले सन् २०२२ को व्रिश्वकपको लागि पुनरागमन गरेको छ ।

कोस्टारिकाको भने विश्वकप खेल्ने सम्भावना कायमै छ। यद्यपि उसले इन्टर कान्टिनेन्टल प्ले अफ हुदै छनौट भएर आउनु पर्ने छ। त्यस्तै एल साल्भाडोरलाई २-० गोलले हराएपछि मेक्सिको पनि विश्वकपमा छनौट भएको छ   ।

आयोजक कतार सहित जर्मनी , डेनमार्क, ब्राजिल, फ्रान्स,  बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्विजरल्याण्ड, नेदरल्याण्ड, अर्जेन्टिना,  इरान ,  साउथ कोरिया, जापान, साउदी अरेबिया, इक्वेडर,  उरुग्वे , क्यानाडा, घाना, सेनेगल ,पोर्चुगल, पोल्याण्ड , ट्युनिसिया, मोरोक्को, र केमरुन   यस अघि नै छनौट भईसकेका छन्  ।

अब ३ टिम मात्र छनौट हुन् बाँकि रहेको छ । यी टिमहरुको टुंगो आगामी जुनमा टुंगो लाग्ने छ। यद्यपि आगामी शुक्रबार नै विश्वकपको लागि ड्र आयोजना गरिएको छ, जसबाट छनौट भईसकेका मध्ये कुन देश कुन समुहमा भन्ने टुंगो लागि सक्ने छ ।  

 विश्वकपको मुख्य प्रतियोगिता भने २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved