महिला सहयात्राको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2020 | 10:04:22 AM मा प्रकाशित

laxmi  sunrise bank

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था Mahila Sahayatra Microfinance Bittiya Sanstha Limited को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले  सातौ वार्षिक साधारण सभाको लागि चैत ४ गते बुक क्लोज तोकेको छ । बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुले लाभांश पाउने भएकाले आजसम्मका कायम सेयरधनीहरुले कम्पनीले दिएको लाभांश पाउन सक्नेछन् ।

कम्पनीले चैत २२ गते ओम अध्याय रिट्रिट रिर्सोट, मकवानपुरमा विहान ११ बजे सभा बोलाएको हो । कम्पनीको सभाले १० प्रतिशत वोनस सेयर र कर प्रयोजनको लागि ७ दशमलव ५ प्रतिशत नगद पारित गर्ने छ । 

कम्पनीको हाल चुक्ता पुँजी १२ करोड १० लाख छ । १० प्रतिशत वोनस वितरणपछि पुँजी १३ करोड ३१ लाख पुग्नेछ । साथै, कम्पनीको सभाले सर्वसाधारण तर्फबाट दुई जना संचालकको निर्वाचन गर्ने छ ।

कम्पनीले अन्य कुनै लघुवित्त कम्पनीसँग गाभ्ने गाभिने प्राप्ति गर्ने तथा सेयर स्वाप रेशियो सम्बन्धमा छलफल गर्न संचालक समितिलाई अख्तियारी दिने छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved