महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड Mahila Sahayatra Microfinance Bittiya Sanstha Limited को सातौं वार्षिक साधारण सभा स्थगित भएको छ ।कम्पनीले कोरोना भाइरसको संक्रमण तथा नियन्त्रणका लागि साधारण सभा स्थगित गरेको हो ।
कम्पनीले चैत २२ गते सातौँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले अर्को सूचना जारी नगरेसम्मको लागि स्थगित गरेको जनाएको छ ।
साथै, कम्पनीले साधारण सभामा सर्वसाधारण शेयर धनीको तर्फबाट दुई जना प्रतिनिधित्व संचालक निर्वाचन गर्ने प्रस्ताव गरेको थियो । उक्त िनिर्वाचन स्थगित गरिएको सुचना कम्पनीले दिएको छ ।