सिभिल लघुवित्तको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2021 | 08:26:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २८ गते आइतबार बिहान ११ बजे त्रिपुरेश्वर स्थित बोगनभिल्लामा सभा आह्वान गरेको हो  । 

साधारणसभामा लाभांह सहितका विविध प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ १० पैसा बराबरको  बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने २४ लाख २१ हजार २ सय १३ रुपैयाँ ८० पैसा बराबरको नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी २४ करोड २१ लाख २१ हजार रहेको छ ।

त्यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब  विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ,  लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

त्यस्तै अन्तर्गत  कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभामा पेश हुने छन्  । 

कम्पनीले साधारणसभा  प्रयोजनको लागि कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved