गरिमा क्यापिटलको छैटौँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा दिपक पाण्डेय चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 06:46:15 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा क्यापिटलको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठमा साधारणसभा सम्पन्न भएको छ । 

१. छलफलका विषयहरु

क) सामान्य प्रस्ताव:

आ.व. २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने,

लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने,

कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्ने ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजी रु ११,८१,००,०००।०० (अक्षरेपीः रु एघार करोड एकासी लाख मात्र) को १५.६५ प्रतिशतले हुन आउने रकम रु १,८४,८३,८९५।९३ (अक्षरेपीः रु एक करोड चौरासी लाख त्रियासी हजार आठ सय पन्चानब्बे र पैसा त्रियानब्बे मात्र) नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

ख) विशेष प्रस्ताव:

यस कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार, एवं सामूहिक लगानी कोषको डिपोजिटरीको रुपमा समेत कार्य गर्नको निमित्त कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरु थप/संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने । 

गरिमा क्यापिटल लिमिटेड वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

सञ्चालकहरुलाई प्रदान गरिने बैठक भत्ता रकम बृद्धि गर्ने ।

प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । 

ग) विविध:

उक्त सभामा प्रस्तुत गरिएका उपरोक्त बमोजिमका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिको निर्णयबाट पारित भएका छन् ।

२. पाँच (५) जना सञ्चालकहरु निर्वाचित:

गरिमा क्यापिटल लिमिटेडका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नका लागि उम्मेदवारी दर्ता गर्नु भएका ५ जना देहाय बमोजिमका पदाधिकारीहरु निर्विरोध सञ्चालक पदमा निर्वाचित हुनुभएको छ । 

दिपक पाण्डेय 

रमा कान्त बराल

यादव कुमार श्रेष्ठ

माधव प्रसाद उपाध्याय

अनिल श्रेष्ठ

साधारणसभा लगत्तै बसेको सञ्चालक समितिको बैठकबाट दिपक पाण्डेय अध्यक्ष पदमा मनोनयन भएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved