सिटिजन लाइफको एजीएम सम्पन्न, २ संचालक निर्विरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2024 | 07:16:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सातौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उक्त साधारण सभाले ५.२ प्रतिशत लाभांश पारित गरेको छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको १८ करोड ७५ लाख रुपियाँ बराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले बराबरको ९८ लाख ६८ हजार ४२१ रुपियाँ नगद लाभांश पारित गरेको हो । 

साधारण सभाबाट बोनश शेयर पारित भएसँगै सिटिजन लाइफको चुक्तापुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपियाँ पुग्नेछ । कम्पनी हाल कायम चुक्ता पूँजी तीन अर्ब ७५ करोड रुपियाँ छ । 

साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणको प्रतिवेदन सदर गरिएको छ ।

सभाले सर्वसाधारण शेयरधनीतर्फबाट दावा फुटी शेर्पा र भोजप्रसाद तिमिल्सिनालाई सञ्चालकमा निर्विरोध चयन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved