ग्रिन डेभलपमेन्ट बैंकद्वारा एजीएम आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 11:04:30 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रिन डेभलपमेन्ट बैंकले एक साथ २ वर्षको वार्षिक साधारण सभा गर्ने भएको छ । जसकालागि बैंकले सभाग चैत २७ गतेकालागि तय गरेको छ । 

बैंकले १० र ११ आँै एजीएम एकसाथ गर्न लागेको हो ।

बैंकका अनुसार सभा पोखराको मेजेष्टिक लेक फ्रन्ट होटल एण्ड सुइटमा बिहान ११ बजेदेखि हुनेछ । बैंकले बुक क्लोज मिति चैत ९ गते तय गरेको छ । 

छलफलका लागि पारित गरिएका विषयहरु :
क. सामान्य प्रस्ताव
१. आ.व २०७८ / ७९ र २०७९/८० को संचालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ र २०८० आषाढ मसान्तको वासलात तथा आ.व २०७८/७९ र २०७९/८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण तथा अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।
३. संचालक समितिले प्रस्ताव गरे वमोजिम आ.व. २०७८ । ७९ को मुनाफा तथा संचित मुनाफा रकम समेतवाट यस डेभपलपमेण्ट बैंकको हाल कायम चुक्तापूँजी रु. ५१,९०,००,०००।- (अक्षरेपी एकाउन्न करोड नब्वे लाख रुपैयाँ मात्र) को ० २० प्रतिशतले हुन आउने नगद लाभाशं रु.१०,३८,०००/- (अक्षरेपी दश लाख अठतीस हजार रुपैयाँ मात्र) लाभाशंमा लाग्ने कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव उपर छलफल गरि पारित गर्ने ।
४. लेखापरीक्षण समितिको सिफारिश बमोजिम आ.व २०८०/८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।
५. सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको नियुक्ती अनुमोदन गर्ने । ६. संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्वाचन गर्ने । ७. स्वतन्त्र संचालक नियुक्त हुनुभएको जानकारी सम्वन्धमा ।
ख. विशेष प्रस्ताव
१. संचालक समितिले प्रस्ताव गरे वमोजिम आ. व. २०७८ ७९ सम्मको मुनाफावाट हाल कायम चुक्ता पुँजी रु.५१,९०,००,०००।- (अक्षरुपी एकाउन्न करोड नब्बे लाख रुपैयाँ मात्र) को ३८ प्रतिशतका दरले हुन आउने रकम रु.१,९७,२२,०००/- (अक्षरुपी एक करोड सन्तानव्वे लाख वाईस हजार रुपैयाँ मात्रा ) वोनस शेयर वितरण गर्ने प्रस्ताव उपर छलफल गरि पारित गर्ने र सोही वमोजिम डेभलपमेण्ट बैंकको प्रवन्धपत्रमा वैंकको जारी तथा चुक्ता पूँजी वृद्धी गर्न आवश्यक संसोधन प्रस्ताव पारित गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved