सलिकोद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2024 | 08:51:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी(सलिको) ले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले २७औँ वार्षिक साधारण सभा चैत २७ गतेका लागि आह्वान गरेको हो । 

कम्पनीका अनुसार सभा डिल्लीबजारमा रहेको अमृतभोग क्याटरिङ्गमा बिहान १० बजेदेखि सुरु हुनेछ । उक्त सभाका लागि कम्पनीले चैत १७ गते १ दिनका लागि बुक क्लोज गर्ने भएको छ । 

छलफलका विषय सूचिहरु:

क) सञ्चालक समितिको २७औं वार्षिक प्रतिवेदन २०७९ ०८० पारित गर्ने ।
ख) लेखापरीक्षकको प्रतिवेदन सहित साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी लि. तथा कम्पनी गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनी लि. को २०५० साल आषाढ मसान्तको वासलात, आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गर्ने ।
ग) लेखापरीक्षकको प्रतिवेदन सहित साविकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. को कम्पनी गाभिनुभन्दा अघिल्लो दिन मिति २०७९ ११/२८ गतेसम्मको वासलात, आ.व. २०७९ ०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गर्ने ।
घ) सञ्चालक समितिले सिफारिस गरे बमोजिम आ.व. २०७९ / ०८० को मुनाफा मध्येवाट शेयरधनीहरुलाई चुक्ता पूंजीको ५ प्रतिशतले हुन आउने रु. १३,११,३१,९१० /- नगद लाभांश वितरण गर्ने ।
(ङ) लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८० / ०८१ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने ।
च) स्वतन्त्र सञ्चालकमा सुश्री निर्मला देवी मानन्धरलाई गरिएको नियुक्ति अनुमोदन गर्ने ।
छ। सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्ने तथा सो बमोजिम कम्पनीको नियमावलीको नियम ३२ को उपनियम (१) को खण्ड (क) र (घ) संशोधन गर्ने ।
ज) नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
झ) सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको समूहवाट प्रतिनिधित्व हुने ४ जना सञ्चालकमध्ये कम्पनीको नियमावली अनुसार वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पि.एल.सी. वाट स्वतः मनोनित हुने १ जना सञ्चालकको जानकारी गराई वांकी ३ जना सञ्चालक तथा सर्वसाधारण शेयरधनीहरुको समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved