सूर्या लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2019 | 08:41:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड Surya Life Insurance Company Limited ले ३ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ३ लाख ९ हजार ३ सय २ कित्ता शेयर लिलाम गर्न लागेको हो । जस मध्ये २७ हजार ३ सय ८९ दशमलव २ कित्ता संस्थापक तर्फको शेयर रहेको छ भने बाँकि ९ लाख ८१ हजार ९ सय १२ दशमलव ८ कित्ता शेयर सर्वसाधारणतर्फको रहेको छ ।

कम्पनीले यी शेयर कार्तिक २४ गतेदेखि मङ्सिर १ गतेसम्म लिलाम गर्ने भएको हो । कम्पनीले शेयर लिलाम प्रक्रियाको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ। सूर्या लाइफले १० बराबर ७ कित्ता अर्थात ७० प्रतिशतका दरले  ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। 

 हकप्रद पश्चात कम्पनीको चुक्तापुंजी २ अर्ब १५ करोड पुग्नेछ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २६ करोड छ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved