एउटा विमान घट्दा नेपाल एयरलाइन्स दोस्रोमा झर्यो, उत्कृष्ट दशमा हिमालय एयर

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 10, 2018 | 08:57:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१६ मा यात्रु संख्याको आधारमा पहिलो भएको नेपाल एयरलाइन्स सन् २०१७ मा दोस्रोमा झरेको छ । लामो समयदेखि २ वटा विमानबाट मात्र अन्तराष्ट्रिय उडान गरिरहेको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सन् २०१५ मा दुई एयरबस–३२० विमान थप गरेपछि सन् २०१६ मा काठमाडौंबाट अन्तराष्ट्रिय उडान गर्ने एयरलाइन्सहरुमा सबैभन्दा बढी यात्रु बोकेको थियो । 

सन् २०१६ को मध्यसम्म ४ विमानबाट अन्तराष्ट्रिय उडान गरेको एयरलाइन्सले एउटा विमान सञ्चालन गर्न छोडेपछि सन् २०१७ मा भने दोस्रोमा झरेको हो । 

काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान गर्ने एयरलाइन्सहरुमध्ये सन् २०१७ मा भारतीय एयरलाइन्सहरु धेरै रहेका छन् । यात्रु संख्याको आधारमा पहिलो नम्बरमा भारतको जेट एयरवेज परेको छ । विमानस्थल कार्यालयका अनुसार २०१७ मा जेटले ४ लाख ६९ हजार यात्रु बोकेको छ भने नेपाल एयरलाइन्सले ३ लाख ८८ हजार यात्रु सवार गराएको छ । 

वर्षभर ३८ लाख यात्रुले अन्तराष्ट्रिय यात्रा गरेकोमा नेपाली एयरलाइन्स हिमालयले १ लाख ७९ हजार यात्रु बोकेको छ । स्थापनाको तेस्रो वर्षमा प्रवेस गरेर ३ विमानबाट उडान गरिरहेको हिमालयले कतारको दोहा, साउदी , दुबई र मलेसियामा उडान गरिरहेको छ । हिमालय एयरलाइन्सले अन्तराष्टिव जमाउन थालेपछि अन्तराष्ट्रिय हवाई व्यापारमा नेपाली ध्वजाबाहकको हिस्सा भने बढेको छ । अघिल्लो वर्ष १२ प्रतिशत रहेको यात्रु हिस्सा यो वर्ष बढेर १५ प्रतिशत पुगेको छ । 

तीनवटा एयरलाइन्सले काठमाडौंबाट भारतका विभिन्न सहरमा उडान गर्ने भारतीय एयरलाइन्सले गएको वर्ष ७ लाख ८९ हजार यात्रुलाई सेवा दिएका छन् । त्यस्तै नेपाल एयरलाइन्सले पनि दिनको दुई उडान दिल्लीमा गरिरहेको छ ।

काठमाडौंमा पाँचवटा चिनियाँ एयरलाइन्सले उडान गरिरहेको भएपनि वर्षभरीमा ३ लाख ४८ हजार यात्रुलाई मात्र सेवा दिएका छन् । नेपालबाट अन्तराष्ट्रिय हवाई यात्र गर्नेहरु पर्यटकभन्दा पनि श्रमिकको बाहुल्यता रहेको देखिएको छ । 

काठमाडौंबाट बढी यात्रु बोक्ने एयलाइन्सको १० सूचीमा कतार एयरवेज, फ्लाई दुबइ, एयर अरेबिया, ओमन एयर, हिमालय एयरलाइन्स र मालिन्डो एयरलाइन्स, एयर एसिया, बहराइन एयर, मलेसियन एयर रहेका छन् । 

सन् २०१६ को तुलनामा सन् २०१७ मा २ लाख ९७ हजार ७ सय ७४ यात्रु बढेको विमानस्थलले जनाएको छ । सन् २०१६ मा ३५ लाख १० हजार ७ सय ४२ जनाले विमानस्थलबाट यात्रा गरेका थिए भने ०१७ मा ३८ लाख ८ हजार ५ सय १६ जनाले यात्रा गरेका छन । विमानस्थलबाट २९ वटा विदेशी र २ नेपाली एयरलाइन्सले अन्तर्रा्िष्ट्रय उडान गरिरहेका छन् । 

विमानस्थलको तथ्यांकअनुसार अघिल्लो वर्ष कुल यात्रु संख्यामा जम्मा ११ प्रतिशत हिस्सा नेपाल एयरलाइन्सको नाममा र १ प्रतिशत हिमालय एयरलाइन्सको नाममा रहेको थियो । बाँकी ८८ प्रतिशत यात्रु विदेशी एयरलाइन्सले बोकेका थिए । 

यसवर्ष पनि तीना विदेशी एयरलाइन्स थपिएका छन् । अहिले २९ विदेशी र २ नेपाली कम्पनीले अन्तराष्ट्रिय उडान गरिरहेका छन् । नेपाली एयरलाइन्सको यस वर्ष कुल यात्रु संख्याको १५ प्रतिशत यात्रु बोकेका छन् । 

नेपालमा आन्तरिक उडान गरिरहेका एयरलाइन्स वा अन्य कुनै एअरलाई कसैलाई अनुमति लिन कठिन भएको तर विदेशीले आवेदन दिनेवित्तिकै पाउने गरेकाले यस्तो अवस्था आएको व्यवसायीहरुको गुनासो छ । 

नेपाली एअरलाइन्सले अन्तराष्ट्रिय उडानको अनुमति पाउन पाँच वर्ष उडान अनुभव, ५० करोड पुँजी र जेट विमान सहित तीन वटा विमान हुनुपर्ने मापदण्ड छ । प्रत्येक ३÷३ वर्षमा संसोधन हुनुपर्ने उक्त कार्यविधि वि.सं. २०६६ सालपछि संसोधन भएको छैन ।  

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने कार्यविधि पुर्नविचार गर्ने बताएको छ । समय अनुसार संशोधन गर्दै जानुपर्ने व्यवस्था अनुसार नै मन्त्रालयले उक्त कार्यविधि संसोधन गर्न समिति बनाइसकेको मन्त्रालयका सहसचिव सुुरेश आचार्यले जानकारी दिए । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved