अपि पावरले ४० मेगावाटको चमेलिया बनाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 12, 2018 | 08:19:52 AM मा प्रकाशित

laxmi sunrise bank

अपि पावर कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने भएको छ। आयोजनाको ग्रिड कनेक्शनसम्बन्धी सम्झौता पत्रमा अपि पावर कम्पनी र नेपाल विद्युत प्राधिकरणको ग्रिड सञ्चालन विभागबीच हस्ताक्षर भएको हो।

हस्ताक्षर पत्रमा अपिको तर्फबाट कम्पनीका सञ्चालक महेन्द्र न्यौपाने र प्राधिकरणको तर्फबाट ग्रिड सञ्चालक विभागका निर्देशक दिर्घायु कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार अपिले निर्माण गर्ने ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविुद्यत आयोजनबाट उत्पादित विद्युत शक्ति बँलाच सव स्टेशनको १३२ के.भि. वसबारमा जडान गरिनेछ। ४० मेगावाटको चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्नपछि नेपालको सुदूर पश्चिम क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिइएको छ।

कम्पनीले जलविद्युतबाहेक १८ मेगावाटको सौर्य उर्जा उत्पादन गर्ने तयारी गरिरहेको छ। यसका लागि नेपाल विद्युत प्राधिकरणले जारी गरेको टेण्डरमा सहभागी भइ १८ मेगावाट क्षमताको सोलार आयोजना परेको थियो।

कम्पनीले प्राप्त गरेको १८ मेगावाट क्षमताको सोलार आयोजना यसै आर्थिंक वर्षभित्र सम्पन्न  गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गरी राष्ट्रिय उर्जा संकट कम गर्ने  लक्ष्य राखेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved