महासंघ पुर्वअध्यक्ष चण्डीराज ढकाललाई मातृशोक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 30, 2018 | 10:24:30 PM मा प्रकाशित

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डीराज ढकाललाई मातृशोक परेको छ। महासंघ पुर्वअध्यक्ष ढकालको आमा रामरेखा ढकालको ८९ बर्षको उमेरमा निधन भएको हो। 

रामरेखा ढकालको असोज १४ गते साँझ काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उनको सोमबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ। 

ढकालको ४ छोरा र ५ छोरी छन् । स्वर्गीय ढकालको चारै जना छोरा व्यवसायी क्षेत्रमा आवद्ध छन् । जसमध्ये जेठा छोरा चण्डीराज ढकाल लामो समदेखि व्यवसाय आवद्ध भई नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष भई हाल सार्क चेम्बर अफ कमर्शमा समेत उपाध्यक्ष रहेका छन्।

त्यस्तै उनका माईला छोरा नवराज ढकाल नेपाल प्रहरीका पूर्व एआईजी हुन भने अहिले नेपाल चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य छन् । यसैगरी साईला छोरा टिकाराज ढकाल झापा उद्योेग संघको अध्यक्ष छन भने कान्छा छोरा हेमराज ढकाल पनि हेरिटेज कार्पेटका संचालक तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य तथा कृषि समितिका उपसभापति छन् । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved